logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीमा आगो बाल्दा र थाल ठटाउदा पनि भागेन सलह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपेन्द्र खत्री, गुल्मी असार १७।
अर्घाखाँचीमा सलह किरा देखिएकाे छ । सलह किरा शनिबार नेपाल र भारतको सिमामा रहेका जिल्ला कपिलवस्तु ,पर्सा, बारा, सर्लाहि, लगायतका जिल्लामा प्रबेश गरेको थियो । शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह जिल्लाका ६ वटै स्थानिय तहमा देखिएको छ । सलहले किसानले खेती गरेकाे बर्खाे बाली सखाप पार्न लागेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागि परीरहेका छन् ।

जिल्ला्का सम्पुर्ण गाउँमा सलह फैलिएकाे हो सलहले मकै तथा अन्य बाली खान थालेपछि जिल्ला का कृषकहरु चिन्तित बनेका छन। बारीमा बर्खे बालीकाे रुपमा छरिएको मकैभरि सलहले ढाके पछि मालारानी गाउँपालीका वडा नः२ का कृषक चिन्तित भएका छन स्थानीय कृषक देव राज खत्रीका अनुसार हिउँदे बाली सिहार्ने बेला विश्व भर महामारी को रूप मा फैलिरहेको कोरोना भाइरस काेभिड (१९) को कारणले राम्राे संग सिहार्न पाईएन।

फेरि बर्खे बाली हुर्कदै गरेको अबस्था छ ,तर सलहले नष्ट गरेपछि अाफु हरुलाई नै खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको उहाँको भनाई रहेको छ । यसैबिच जिल्लाकाे मालारानी गाउँपालीका वडा नः२ कै किसान भन्छन :सलह कीरा देखिएमा धुवाँ लगाए थाल ठटाए र अन्य ध्वनिको प्रयोग लगायतका बिधिहरु अपनाए तर आगो बालेर थाल ठटाउँदा,पनि सलह भगाउन सकिएन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend