साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान असार १७ ।
असारको महिना माना रोपि मुरी उब्जाउने समयमा किसानहरु खेतीपाती गर्न ब्यस्त रहदै गर्दा एकातिर कोरोनाको महामारीको संक्रमण त छ्दै छ अर्को तिर त्यहि दुख गरि गरेको कृषकको खेतीपाती पनि सलह किराले सखाप पारीदिए पछी किसानहरु दुखित बनेका छ्न ।
केहि दिन अगाडि भारत बाट नेपाल छिरेका सलह किराहरु अस्ति मात्र गौमुखी गाउँपालिका भित्रीएका हुन ।अनगिन्ती रुपमा सलह किराहरु गौमुखी क्षेत्र छिरेपछि अन्नबाली, तरकारी ,र रुख र घासँपात खाएका हुन । हिजो ठुलो हुल गौमुखीको अर्खा रजवारा पुजा लगाएतका स्थानहरुमा बसोबास गरेको र सबै नस्ट गरेको अर्खा २ का वडा सदस्य भुजेन्द्र रानाले बताए । तेस्तै रजवारामा पनि कृषकले लगाएको बालीनाली सखाप पारेको वडा अध्यक्ष जंग बहादुर पुनले जानकारी गराए।भने सलह धपाउन गाउँपालिकाले सुचना जारी गरे सङ्गै स्थानीयले बाजा बजाउने,मादल ,झेली ,थाल धोलक ,आगो बाल्ने र होहल्ला गर्ने गरेका थिए ।
अहिले प्युठानका गौमुखी, नौबहिनी ,झिम्रुक ,सरुमारानी लगाएतका गाउँपालिकामा सलह किराको प्रकोप बढे पछी स्थानीय कृषकहरुले सास्ती खेप्नु परेको र सलह किरा नियन्त्रण गर्न राज्यको पोलिसी हुनु पर्ने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले जानकारी गराउनु भयो। कृषकहरुले गरेको अन्नबाली क्षति भएमा आकास्मिक बाली संरक्षण कोषबाट राहत दिन गाउँपालिकाले निर्णय गरे राहत दिन सकिने गौमुखी गाउँपालिका कृषि शाखा प्रमुख हुमलाल न्यौपानेले बताउनु भयो । भने धेरै बर्ष पछी फेरि सलह गाउँमा आएको बुढा पाका बताउछ्न ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend