साझा नेटवर्क
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।
बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend