logo
  • शुक्रबार, असोज ९ २०८३

लकडाउनमा पुर्खे बाको “श्रीमान-श्रीमती काण्ड” (हेर्नुहोस भिडियोमा)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असार १६ ।
लोकप्रिय गायक एबम् हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तिज गीत सार्बजनिक भएको छ । हिन्दु नेपाली नारीहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा गायक एबम् हस्याकलाकार पुर्खे बा ले ‘श्रीमान श्रीमती काण्ड’ सार्बजनिक गरेका हुन् ।

खासगरि तिज पर्वमा महिलाहरुको नारी बेदनाले भरिएका कथा बस्तुमा समाबेश गरेर गीतहरु सार्बजनिक गर्ने गरिन्छ । यस्तै एउटा सन्देश मुलक कथा बस्तुमा रहेर गायक एबम् हास्याकलाकार पुर्खे बा ले यस वर्षको तीज पर्वको लागि नयाँ गीत ल्याएका हुन् । पछिल्लो समय यता खास गरि मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् ।

पुर्खे बा र नारायण केशीको संयुक्त तिज गित ‘श्रीमान श्रीमती काण्ड’ आफ्नै युटुव च्यानल पुर्खे बा मार्फत सार्वजनिक भएको हो । पछिल्लो समयमा कोरोनाका कारण लकडाउनमा घरमा बस्दा बस्दै तिज आउँन लागिरहादा तिजमा लगाउन सुन लगायतका कुराहरु माग गरेको बुढा र बुढीको संवादलाई प्रस्तुत गरिएको छ ।

पुरुषोत्तम भण्डारी पुर्खे बाको निर्देशनमा तयार भएको गित शब्द पनि उनकै रहेको छ । गितमा स्वर सुकदेव अधिकारी, प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ ।

                                                         हेर्नुहोस पुरा गीत हेर्नुहोस 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend