साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,श्रावण २७।
जिल्लाको जैसीथोक गाविसमा रहेको रौताडी स्वावलम्बी समुहले बाख्रा उपहार प्रदान गरेको छ । पशु र कृषी विकास मार्फत समाजिक तथा आर्थिक समृद्धि गर्ने उदेश्यका साथ किसानका लागी उन्नत बिउ बिजन कार्यक्रम बाख्रा विकास परियोजना जैसीथाविसमा लागु भएको छ ।

एकिकृत ग्रामिण विकास समाज गुल्मीको आयोजनामा परियोजना अन्तरगतको रौताडी स्वाबलम्बी समुहका ९ जनाले १४ वटा बाख्रा उपहार प्रदान गरेका छन् । उक्त समुहले परियोजना अन्तरगतकै अर्को खहरे समुहका १४ जनालाई बाख्रा हस्तान्तरण गरेको हो । रौताडी समुहकी हरिकला पौडेललेले ३ वटा बाख्रा अर्को समुहका पार्वती विक, लक्ष्मी नेपाली र यमकला पन्थीलाई हस्तान्तरण गर्नुभएको छ ।
देवकुमारी पोख्रेलले २ वटा बाख्रा राधा पोख्रेल र पार्वता विकलाई प्रदान गर्नुभएको छ । गुनकला पोख्रेलले ३ वटा बाख्रा टिका मुखिया, मनिषा नेपालीलाई हस्तान्तरण गर्नुभयो । त्यस्तै पुष्पा पोख्रेलले भोज कुमारी पोख्रेललाई, सिता पोख्रेलले नन्दी मुखियालाई, लक्ष्मी घिमिरेले सावित्रा गौतमलाई, गंगा पोख्रेलले राधा पोख्रेललाई, बिष्णुमाया पोखे्रलले यमकला पन्थीलाई र छविकुमारी पोख्रेलले लक्ष्मी पन्थीलाई एक एक वटा बाख्रा उपहार दिनुभएको छ ।

कार्यक्रममा उपहार लिने दिने दुवै पक्षलाई प्रमुख अतिथी पुर्व सांसद टंक पोख्रेल र हेफर इन्टरनेशनलका जिल्ला संयोजक शरद कुमार श्रेष्टले स्वागत तथा धन्यबाद दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी पोख्रेलले समाजको उन्नती र प्रगती कृषी क्षेत्रको विकासले मात्र संभव हुने भएकाले जैसीथोक गाविसका महिलामा देखिएको उत्साहले पाउनुपर्नेेमा जोड दिनुभयो
। उहाँले गाविसमा धेरै पहिलेबाटै यस्ता परियोजना र कार्यक्रम भित्रिए पनि त्यसलाई दिगो र निरन्तरतरता दिन नसकिएको बताउनुभयो । परियोजनाका जिल्ला संयोजक शरद कुमार श्रेष्टले समुहमा आवद्ध महिलाहरुको ज्ञान, सीप र धारणाको विकास गरी उनीहरुलाई कृषी उत्पादनमा जोड्ने र उत्पादनलाई बजार सम्म पु¥याउने आफुहरुको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

उहाँले परियोजना सकिए संगै बर्षौ सम्मको मेहनत र परिश्रम त्यतिकै खेर जाने अवस्था आउन नदिन सवै समुह र सरोकारवालालाई आग्रह गर्नुभयो । परियोजना संचालन गरिरहेको संस्था एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले जैसीथोक गाविसलाई घाँसको पकेट क्षेत्र बनाउने अभियानमा नयाँ आशाका साथ लाग्न समुहलाई आग्रह गर्नुभयो ।
कृषी विनाको आर्थिक समृद्धिको सम्भव नभएकाले परियोजनालाई एउटा माध्यमको रुपमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै नौलो काम र महिला भन्ने बित्तिकै पुरुषहरुले हल्का रुपमा सोच्ने तथा गिल्याउने परम्परा समाजमा बिद्यमान रहेकाले महिलाको यो अभियानमा साथ र हौसला प्रदान गर्न आग्रह गर्नुभयो । जनविकास केन्द्रका अध्यक्ष भुपाल पोख्रेलले जैसीथोकका हरेक गतिविधी संग आफु सधै नजिक रहिरहेकाले गाविसको विकास र उन्नतीमा सधै तत्पर रहने बताउनुभयो ।

गाविस सचिव बिनोद प्रसाद पोख्रेलले अहिले सम्म परियोजनाले संचालन गरेका हरेक कार्यक्रम र महिलाहरुको प्रगती उत्साहजनक रहेको प्रति खुसी व्यक्त गर्नुभयो । साथै उहाँले आगामी दिनमा परियोजनाले संचालन गरेका काम र सरोकारवालाले माग गरेका कामहरुमा गाविसको तर्फबाट पूर्ण सहयोग हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपाली, परियोजका गाविस संयोजक बिष्णु भण्डारी, शोभाखर गिरी, सुरज पन्थी, स्थानीय राजनितीक दलका प्रमुख प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयमा प्रमुख प्रतिनिधी लगायत स्थानीयको सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend