साझा नेटवर्क
प्रेम सुनार गुल्मी, जेठ ९।
दुखीलाई चोटपरचोट भने झैं गुल्मीको नयाँगाउँस्थित एक विपन्न परिवारकी ७ वर्षिया वालिका लडेर घाईते भई उपचार खर्च जुटाउन नसकेर चन्दा उठाई रहेका बेला उनकी आमालाई फेरी सुत्केरी व्याथा लागेर अस्पताल लैजानु परेको छ । नयाँगाउँ गाविस वडा नम्वर १ रालेगाउँका कृष्णबहादुर बिश्वकर्माको परिवारमा यस्तो विपत्ती आएको हो ।

शनिवार विहान उनकी ७ वर्षिया छोरी गंगा दलान नजिकैको ढिकबाट लडेर हात भाँचिएको थियो । उनलाई अस्पताल लैजानै कुनै उपाय नचेले पछि छिमेकी पिपलधारा–६ का समाज सेवी गिरबहादुर सुनार चन्दा उठाउँदै थिए । सोही वेला ति वालिकाकी आमा विष्णुलाई सुत्केरी व्यथाले च्याँपेर पिपलधारा स्वास्थ्य चौकीमा ल्याईएको थियाो ।
उनले सोही स्वास्थ्य चौकीमा छोरीको जन्म दिईन् । उता हात भाँचिएकी उनकी छोरी रुँदै बसीरहेकी थिईन् । गिरबहादुर सुनारले नयाँगाउँ १ र पिपलधारा ६ मा गरी सात हजार रुपैयाँ चन्दा उठाएर ति वालिकालाई आज पाल्पाको मिशन अस्पताल लैजाँदै गरेको बताए ।
‘सम्पत्तीका नाममा वास मात्रै भएका बिश्वकर्मा परिवारको घरमा छाक अड्कीएको छ’– सुनारले भने–‘ काम गरेर परिवार पालेका कृष्णबहादुर छोरी घाईते र श्रीमति सुत्केरी भएपछि अकलगुम परेका छन्, कतैबाट सहयोग जुटाई दिनु प¥यो । ’
उनि शनिवार पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जालले आयोजना गरेको एक कार्यक्रममा सञ्जाल समक्ष सहयोगका लागि निवेदन गरी रहेका थिए । सञ्जालका अलवा जो कोही नेपालीले सहयोग गरेर त्यो परिवारको उद्धार गरी दिन त्यहाँका समाज सेवीहरुले अपिल गरेका छन् । सहयोग गर्न चाहने महानुभावले गिरबहादुर सुनारको मोवाईल नम्वर ९८४९९१६०८५ मा सम्पर्क राख्न आग्रह गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend