साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १५।
गुल्मीमा ट्र्याक्टरमा लुकी छिपी ल्याउदै गरेको सालको काठ बरामत गरेको छ। आइतवार साँझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१ भटकुवाबाट लु ४ त १३७१ नम्बरको ट्र्याक्टरमा रिडी तर्फ ल्याउदै गरेको अबैध सालको काठ बरामत गरिएको हो ।
बरामत गरिएको काठ एक ट्र्याक्टर रहेको र कस्को भन्ने खुलेको छैन्। लुकी छिपी ल्याउदै गरेको काठ इलाका प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको स्रोतले बताएको छ। नियन्त्रणमा रहेका काट २९ वटा आठ फुटे र ४ वटा ३४ फुटे लम्बाई रहेको बताइएको छ।
काठलाई नाप जँच गर्ने कार्य भइरहेको छ। नियन्त्रणमा लिइएको काठ बारे थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend