logo
  • सोमबार, असोज १२ २०८३

भेरी अस्पतालको आइशोलेसनमा भेन्टीलेटर सहितका उपकरण जडान गरिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अमृता के.सी,बाँके असार १४ ।

नेपालगन्जको भेरी अस्पतालमा कोभिड १९ को लागि आवश्यक पर्ने आइशोलेसनमा उपयोग हुने गरी भेन्टीलेटर र उपकरण जडान गरिने भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्थात सांसद विकास कोषको रकम मार्फत आइशोलेसनमा उपयोग हुने गरी भेन्टीलेटर र उपकरण जडान गरिने पूर्व शहरी विकास मन्त्री एवं क्षेत्र नम्बर २ बाँकेका प्रतिनिधि सभा सदस्य मो.इस्तियाक राईले जानकारी दिनुभयो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सञ्चालन कार्यविधिको नियम ५ को उपनियम १ बमाजिम गठित कार्यक्रम निर्देशक समितिका संयोजक राईले आजको वैठकले ठेक्का भई सम्झौता हुन नसकेको ५० लाख रकमको साविकको करबला,कब्रिस्तान,मदरसाहरुको भौतिक पूर्वाधार निर्माणको योजना, डुडुवा गाउँपालिका मार्फत ५०÷५० लाख रकमका ठेक्का हुन नसकेका २ ओटा योजनाहरु बाल सुधार गृह डुडुवा ६को स्तरउन्नती गर्ने साथै १ थान एम्बुलेन्स खरिद गरी सञ्चालनका लागि प्रहरी अस्पताल नेपालगञ्ज १८ लाई हस्तान्तरण गर्ने योजना र आस्ताना हजरत इब्राहिमीया गुल्सने खलीलि डुडुवा ३ को स्तरउन्नतीको योजना संशोधन गरी जम्मा १ करोड ५० लाखको योजनाको रकम कोभिड १९ को लागि आवश्यक पर्ने आइशोलेसनमा उपयोग हुने गरी भेन्टीलेटर र उपकरण भेरी अस्पताल नेपालगन्जमा जडान गर्ने निर्णय गरिएको बताउनुभएको हो ।

कोभिड १९का कारण असहज परिस्थिती भएपछि उक्त निर्णय गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend