साझा नेटवर्क
अनिष पाठक, बागलुङ्ग असार १३ ।
बागलुङ्गको बडिगाड १ दगालाई मध्यपहाडि लोकमार्गसंग जोड्ने राक्से जिमि दगा मोटरबाटोको निमार्ण सम्पन्न भएको छ । २०६९ सालमा निर्माण शूरु गरिएको उक्त आयोजना विभिन्न समस्याका कारण ८ वर्षमा बल्ल पुर्ण रुपमा सम्पन्न भएको समितिका अध्यक्ष रुकमान पुरीले बताए ।

यहि असार ६ गते देखि दगा जोड्न बाँकि रहको सडक निमार्ण गरी दगाको फुस्रामाटामा जोडिएसंगै शनिबार आयोजना सम्पन्न भएको हो । प्रदेश सांसद चन्द्र बुढा मगरकोे पहलमा पछिल्लो पटक सांसदकोषबाट विनियोजन भएको १० लाख बजेटले यस आयोजना सम्पन्न गर्न सहयोग पुगेको समितिका सचिव दोर्ण बनले जानकारी दिए ।

उक्त सडक निमार्ण सम्पन्न भएसंगै यात्रामा सहजता हुने स्थानियले बताएका छन । यो संगै अब दगा जान हाडिखोला, डुडेवाचौर सिमलचौर तुम्डाडा दगा सडक, सक्न्यार टुटिफेद दगा सडक र राक्से जिमी दगा सडकगरि ४ सडकको प्रयोग गर्न सकिने छ । तर वर्खायाममा भने यात्रामा हुने गरेको समस्याको दिर्घकालिन समाधान निकालन स्थानियको अनुरोध समेत गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend