साझा नेटवर्क
मधुसुधन पाण्डे, अर्घाखाँची असार १३ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य तथा क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष तथा अगुवा समाजसेवी प्रकाश ज्ञवालीका कान्छा सुपुत्र प्रशान्त ज्ञवालीको निधन भएको नवौ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी अर्घाखाँचीको आयोजनामा उहाँको निवास चिदिकामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनितीक दलका नेता कार्यकर्ता तथा स्थानीय बासिन्दाको सहभागीता रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बिलक्ष्ण प्रतिभाका धनी प्रशान्तको दु:खद निधन बाट जिल्लाले एक होनहार व्यक्तित्व गुमाएको बताउनुभयो । उहाँले किशराबस्था मै स्वर्गीय ज्ञवालीले सामाजिक र राजनितीक रुपान्तरणमा खेलेको भुमिका निक्कै महत्वपूर्ण रहेको भन्दै उहाँको निधनले निक्कै स्तब्ध ,दु:खि एवं मर्माहत बनाएको बताउनुभयो ।
नेपाली कंग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले प्रशान्तको दु:खद निधनले एउटा सशक्त र प्रतिभासाली युवालाई गुमाउनुपरेको भन्दै जिल्ला लाई अपुरणिय क्षति भएको बताउनुभयो । उहाँले दिवंगत ज्ञवाली भौतिक रुपमा हामी बीच नभए पनि अमर रहिरहने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सदस्य छमकुमारी खनाल चिनारीले प्रशान्तको निधनले सिङ्गो जिल्लानै अन्धकारमय भएको बताउनुभयो । उहाँले बहुमुखी प्रतिभाका धनि ज्ञवाली लाई जीवन प्रयत्न संझिरहने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य रामजी पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य द्वय पिताम्बर भुसाल, राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य प्रेमनारायण गैरे, श्रीकृष्ण भुसाल, भविश्वर पाण्डे, शिव अधिकारी, दिपक पन्थी, केवी भुसाल, रुपलाल पन्थी, रामबहादुर रायमाझी, खुबिराम आचार्य, युवराज भुसाल, ध्रुव पाण्डे, नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, कृष्णप्रसाद खनाल, जिल्ला सदस्य पिताम्बर खनाल, पत्रकार महासंघका प्रदेश सदस्य द्वय शोभाखर पन्थी, अशोक खनाल, सन्धिखर्क नगरपालिका वडा नं.१० का अध्यक्ष लक्ष्मीनारायण चुँदाली, नेपाल रेडक्रस सोसाइटीका सभापति कुसल भुसाल लगायतको उपस्थिति रहेको थियो ।
तृष्ण बुद्धि भएका स्वर्गीय ज्ञवालीको २१ बर्षको कलिलो उमेरमा असार ५ गते काठमाडौं स्थित हेम्स अस्पतालमा मृत्यु भएको थियो । यो समाचार हामीलाई पत्रकार शोभाखर पन्थीले जानकारी गराउनुभएको हो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend