logo
  • सोमबार, असोज १२ २०८३

इन्रुडेकद्वारा क्रियासील महिला पत्रकारलाई स्वास्थ्य सामग्री वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,बाँके असार १३ ।

क्रियासील महिला पत्रकार (wwj) बाँकेलाई वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडे बाँकेले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।कोभिड १९ का कारण सहज रुपमा समाचार संकलन,उत्पादन र कार्यमा बाँकेका पत्रकार महिलाहरुलाई सहजता होस् भन्ने उद्देश्यले ३५ थान सेनिटाईजर र के एल नाईन्टी फाईब माक्स प्रदान गरेको हो । इन्रुडेकको कोहलपुर स्थित कार्यालयमा क्रियासील पत्रकार बाँकेका अध्यक्ष अमृता के सी लाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसैबिच क्रियासील महिला पत्रकार(wwj)बाँकले कोहलपुर क्षेत्रमा रहेर पत्रकारीता गर्ने पत्रकार महिलालाई सेनिटाईजर र माक्स वितरण गरेको छ ।

कोरोनाका कारण कार्यालय आउजाउ र समाचार संकलनमा स्वास्थ्य संवेदनशीलता अपनाउन सहज होस् भन्ने उद्देश्यले सेनिटाईजर र माक्स वितरण गरिएको (wwj) बाँकेका अध्यक्ष अमृता के सीले बताउनुभयो । यस अघि (wwj) बाँकेले भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री समेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend