logo
  • शुक्रबार, असोज ९ २०८३

काङ्ग्रेसका गाउँ सह–सचिव सहित १५ जना नेकपामा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी असार ११ ।
नेपाली काङ्ग्रेस इस्मा गाउँपालिकाका सह–सचिव सहित १५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

काङ्ग्रेस इस्मा गाउँपालिका सह–सचिव विष्णु प्रसाद रिजाल, इस्मा गाउँपालिका ५ का नेपाली काङ्ग्रेसका कार्यक्रता सिता पाण्डे रिजाल, खिम बहादुर घर्ती, नारायण घर्ती, कृष्ण बहादुर नेपाली, विष्णु नेपाली, दल बहादुर घर्ती, माया नेपाली, देविराम कुमाल, विक्रम नेपाली, डम्बर बहादुर नेपाली, नमकला बोहोरा र मिना नेपाली नेकपामा प्रवेश गरेको नेकपा इस्मा गाउँपालिकाका अध्यक्ष नारायण पैँयानीले जानकारी दिए ।

नव प्रवेशीहरुलाई नेकपा गुल्मीका सचिव विर बहादुर कार्कीले टिका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सचिव कार्कीले नेपाल कम्युनिष्ट पार्टी स्थानीय स्तरमा आइपर्ने नागरिकका सामान्य समस्यादेखि राष्ट्रियताका पक्षमा समेत दृढताका साथ उभिएकोले अहिले नेकपाप्रति नागरिकको आकर्षण बढेको बताए ।

उनले नेकपा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक हितमा काम गर्ने भएकोले सबै सचेत युवालाई नेकपामा आवद्ध हुन आग्रह गरे । नव प्रवेशी रिजालले काङ्ग्रेसले आफुहरु लगायत स्थानीय नागरिकको दुःख–सुखमा साथ नदिएको आरोप लगाए । उनले विकास निर्माणमा कमजोर प्रस्तुती, अवरोध गर्ने तथा राष्ट्रियताका पक्षमा समेत कमजोर रहेकोले काङ्ग्रेसमै आवद्ध हुँदा नागरिकको भलाई गर्न नसकिने भएकोले काङ्ग्रेस त्यागेको बताए ।

कार्यक्रममा नेकपा गुल्मी जिल्ला कार्यालय सदस्य हिरा एसी, नेता गणेश श्रीपाली, लक्षमण पराजुली, गाउँपालिका प्रमुख लक्षमण विष्ट, उपप्रमुख बिमला खत्री, अनेरास्ववियु गुल्मी जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर लगायतका नेताहरुको उपस्थिति रहेको थियो । केहि दिन अघि नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका सभापति पनि नेकपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend