साझा नेटवर्क
सूर्य सुनार गुल्मी असार ११,
पृथ्वी माध्यामिक विद्यालयले सामाजिक दुरी कायम गरेर आज पुस्तक वितरण गरेको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयले शैक्षिक वर्ष २०७७ को निशुल्क पाठयपुस्तक वितरण गरेको हो ।

आज कक्षा ९,र १० का विद्यार्थिलाई सामाजिक दुरी कायम गरी पुस्तक वितरण गरिएको विद्यालयका शिक्षक बुद्ध बहादुर पाण्डेले जानकारी दिनुभयो । त्यस्तै असार १२, र १४ गते कक्षा ६, ७, र ८ का विद्यार्थिहरुलाई पुस्तक वितरण गरिने पनि पाण्डेले बताउनुभयो । र बाकी रहेका कक्षाको असार १७ र १८ गते पुस्तक वितरण गरिने भएको छ । विद्यालयका प्रध्यानध्यापक चन्द्र बहादुर पाण्डेले कोरोना भाइरस तथा कोभिड १९ ले पारेको नकारात्मक असरले गर्दा विद्यार्थिको पठनपाठनमा परेको असर प्रति दुख व्यक्त गनुभएको छ ।
विद्यार्थिको यो समय सिक्ने समय भए पनि विश्वरुपमा फैलिएको कोरोना भाइरसले पारेको असले गर्दा समयमै सिक्न नपाएका विद्यार्थिहरु लाई पुस्तक लिए पछि सही रुपमा प्रयोग गर्न र निरन्तर अध्ययनलाई अघि बढाउन प्रध्यानध्यापक पाण्डेले आग्रह गनुभयो । अहिले विद्यार्थिहरुको पढाई ३० प्रतिशत कोष सक्नुपर्ने समय हो । तर अहिले कोषको गति भने शून्य प्रतिशत छ । यसरी सिकेका विद्यार्थिहरुको अवस्थाले भोलीको नतिजा कस्तो आउला भने कुरामा अभिभावकको चिन्ता बढी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend