logo
  • सोमबार, असोज १२ २०८३

गौमुखी गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल,प्यूठान असार १० ।

“कृषि शिक्षा ,पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो ! सबै स्वास्थ र समृद्धि भए,बन्छ गौमुखी राम्रो !” भन्ने मुल नारालाई आत्मसाथ गर्दै गौमुखी गाउँपालिका प्युठानको आठौँ गाउँ सभा सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आठौ गाउँ सभा समक्ष आ ब २०७७/७८को बार्सिक निति तथा कार्यक्रम पस्तुत गर्नु भएको छ । निति तथा कार्यक्रम पस्तुत गर्दै अध्यक्ष गिरीले आ ब २०७६/७७ मा जस्तापाताले बिपन्न १४६० घर धुरी छाइसकेको यो बर्ष ११६ परिवार लाभान्वित भएको,गौमुखी गाउँपालिका का ७ वटै वडा भवन सम्पन्न र गाउँपालिकाको बहुबर्सिय सुबिधा सम्पन्न सभाहल निर्माण भइ रहेको ,सडक गुरुयोजना निर्माण भइ सकेकोले योजना तथा बाटोको सन्जाल जोदिने ,गाउँपालिकामा ३ रोपनी जग्गा प्राप्त गरेको र वडामा पनि प्राप्त गरेको ,धार्मिक पर्यटकिय स्थलको पर्यटन प्रबर्द्धन गर्न गौमुखीमा माघ १ गते भ्रमण बर्ष २०२०को शुभारम्भ गरिएको ,गत बर्ष ४ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको, कोरोना भाइरसको महामारी भइ रहेको सन्दर्भमा गौमुखीमा क्वारेन्टाइन तथा आइसोलेन्स निर्माण गरिएको ,प्राप्त औषधि खरिद र दुर्गमका बिरामीहरुलाई सेवा सुबिधाका लागी एम बि बि एस डाक्टर सहितको सेवा प्रदान गरिएको तेसै गरि आ ब २०७७/७८ मा कोरोना भाइरसको महामारी ले देशमै अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने खालका योजना बनाउन जोड दिने र स्वास्थ्य , युवा रोजगार मुखी ,कृषि, पशु,खानेपानी ,बन, पर्यटन,खेलकुद शिक्षामा लगानी ,सडक स्ततोस्तरुन्नती जस्ता महत्त्वपूर्ण योजना रहेका छ्न ।एक घर एक धाराको निति अबलम्बन जनगुनासो सम्बोधन ,गर्ने रहेका छन । तेसै गरि युवा ,महिला ,दलित ,जनजाति र बिपन्न बर्गलाई प्राथमिकता दिइने छ।भने इमानदारीता ,निश्पक्षता,कर्तब्यता,पारदर्सिता सस्कृतीको बिकास गर्ने र कोभीड विशेष रोजगारी सिर्जना गर्ने रहेका छ्न।भने २०४९ सालमा जननिर्वाचित सामाजिक ब्यक्तित्व जिवित सबैलाई सम्मान गरिएको थियो ।भने गाउँपालिकामा योगदान पुराएका कर्मचारीहरु सम्मानित भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend