logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी असार ९ ।

गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौं गरिएको परिक्षणमा मुसिकोट नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले बताए ।

थपिएका संक्रमितहरुमा २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २४० जना पुगेका छन् । भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार २०१ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३१४ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend