logo
  • सोमबार, असोज १२ २०८३

उदियमान जनजागृती क्लबले गर्यो कोरोना राहत कोषमा आर्थिक सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मधुसुधन पाण्डे,अर्घाखाँची असार ९ ।
उदियमान जनजागृती क्लब मालारानिले अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिकामा रहेको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ। गाउँ समाज सँगै सिङ्गो देश नै कोभिड-१९ को महामारिसँग जुधिरएको बेला क्लबले उक्त सहयोग गरेको हो।

आज क्लबको तर्फबाट सचिव विष्णु चौहान, कोषाध्यक्ष चिरञ्जीवी चौहान प्रवक्ता विमल चौहान तथा सदस्य दिपक चौहानले सहयोग रकमको चेक गाउँपालिकाको कार्यलयमै पुगेर प्रमुख प्रसासकिय अधिकृत विष्णु बहादुर घर्ती तथा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीको उपस्थितीमा गाउपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यलाई प्रदान गर्दै यो विपदको समयमा आवश्यक परेको खण्डमा क्लब स्वंयसेवकको रूपमा खटिन तयार रहेको जानकारी दिनुभएको थियो।

क्लबले स्थापनाको छोटो समयमै विभिन्न रचनात्मक क्रियाकलाप गर्दै आएको छ।यसैबीच चेक ग्रहण गर्दै अध्यक्ष आचार्यले भन्नुभयो,
क्लबको यस किसिमको सहयोगले हामिलाई अझै उर्जा मिलेको छ,आगामी दिनहरुमा पनि सहकार्यको अपेक्षा गर्दछौँ यो समाचार त्यहाबाट विष्णु चौहानले पठाउनु भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend