साझा नेटवर्क
९,असार । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै संक्रमितकाे संख्या १० हजार नाघेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएकाेमा चार सय ४८ पुरूष र ९० जना महिला रहेकाे जानकारी दिए ।त्यसैगरी आज संक्रमण मुक्त भई ७६ जना डिस्चार्ज भएको गौतमले बताए । डिस्चार्ज हुनेमा पुरुष ६८ र महिला आठ जना छन् ।
गौतमका अनुसार हाल आइसोलसनमा सात हजार आठ सय ५१ जना रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend