साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु असार ८ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. ८ बरकुलपुरमा रूखमा घास काट्ने क्रममा एक युवकको घट्ना स्थलमै ज्यान गएको छ । रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका बर्ष २७ का नवराज भुषालको मृत्यु भएको प्रत्यक्ष दर्शिले जनाएका छन ।
मृतक भूषालले रुखको घाँस झार्दा डालो पूर्वपश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट आइ त्यही मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्सपेक्टर कृष्ण रानाले बताउनु भयो । मृतक भूषालको स्थायी घर अर्घाखाँचीको भूमिकास्थान २ मा रहेको तर हाल ३ बर्षदेखि चौवन्नपुर बसोबास गर्दै आएको पनि त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।
रुखमा अडकिएको शवलाई भर्याङको सहायताले निकाली पोष्ट मार्टमको लागी तौलिहवा पठाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend