logo
  • सोमबार, असोज १२ २०८३

काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

८ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ । सोमबार सूचना जारी गरी उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो ।

अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ ।यसअघि गत जेठ ३२ गते प्रशासनले सूचना जारी गर्दै काठमाडौं प्रवेशका लागि यहाँ कुन स्थानीय तहमा बस्ने हो सोही स्थानीय तहको सिफारिस आवश्यक पर्ने उल्लेख गरेको थियो । अहिले प्रशासनले काठमाडौं बाहिर जानको लागि समेत सोहीखालको सिफारिस अनिवार्य गरेको हो ।

प्रशासनको सोमबार जारी सूचना अनुसार मृत्युसंस्कारका लागि बाहिर जानेबाहेक अरूको हकमा भने त्यस्तो सिफारिस अनिवार्य गरिएको छैन ।नयाँ सूचनाअनुसार अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले कोरोना संक्रमणको जोखिम कम गर्नको लागि काठमाडौंबाट बाहिर जानेहरूलाई समेत कडाइ गर्न लागिएको बताए । काठमाडौंमा मान्छेको धेरै चहलपहल हुने भएकोले अत्यावश्यक काम बाहेक आवतजावतमा कडाइ गर्नकै लागि यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend