logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री
८ असार, गुल्मी । गुल्मीमा थप १४ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रुरुक्षेत्र गाउँपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा रुरुक्षेत्र गाउँपालिका ४७ वर्षका, २१ वर्षका, ४४ वर्षका, ३७ वर्षका,२७ वर्षका, १८ वर्षका, ४३ वर्षका, ४२ वर्षका, २९ वर्षका, २२ वर्षका, ४९ वर्षका, २७ वर्षका, ३२ वर्षका पुरुष र २६ वर्षकी मिहला रहेको रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित अनुसार जिल्लामा १९३ जना पुगेका छन् । संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाबाट १ हजार १६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend