साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार ८ ।
गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरु जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर–४ का आठ महिनाका शिशु , १८ वर्षकी महिला, वडा नम्बर–१ का ३० वर्षका, वडा नम्बर–२ को ३१ वर्षका पुरुष, वडा नम्बर–७ का २३ वर्षका पुरुष, वडा नम्बर–१० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर–१२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर– १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

डिस्चार्ज भएकाहरु १४ दिन आइसोलेसनमा बसेर डिस्चार्ज गरिएको हो । संक्रमित भएकाहरुमा कुनैपनि लक्षण नदेखिएकोले पुन कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको अर्यालले बताए । पछिल्लो निर्देशन अनुसार संक्रमण पुष्टी भएपनि कोरोनाको कुनैपनि लक्षण नदेखिए पुन चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरि घर पठाइएको हो ।
गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए । संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइसोलेसनमा राखेर उपचार गरिएको थियो । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमित अनुसार जिल्लामा १७९ जना पुगेका छन् ।
संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ११६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend