साझा नेटवर्क
भूपाल थापा,कपिलबस्तु श्रावण २६।
क्याम्पस प्रशासनको विरोधमा कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवामा बुधबार (आज) विद्यार्थीहरु आन्दोलित भएका छन् । कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवाका विद्यार्थीहरु क्याम्पस प्रशासन नै अवैधानिक भएकोले बिद्धार्थीहरुको शैक्षिक यात्रा अन्धकार गराएको तथा क्याम्पसमा शैक्षिक गतिविधि नियमित संचालन नगरेको विरोधमा आन्दोलित भएका हुन् ।
क्याम्पसका प्रमुख लगायत क्याम्पस प्रशासन विद्यार्थीहरुसंग नसोधीकनै मनपरी गरेको भन्दै विद्यार्थीहरु विहानैदेखि क्याम्पसको मुल गेट अगाडि विरोध प्रर्दशन गर्दै क्याम्पस प्रमुखको कुर्चीमा समेत आगजनी गरिदिएका छन । उनीहरुले क्याम्पस प्रशासन मुर्दावाद, विद्यार्थी एकता जिन्दावाद, विद्यार्थी माथि भईरहेको शोषण अन्त गरौ, विद्यार्थीहरुको माग चाडै पुरा गर लगायतका नाराबाजी समेत गरेका थिए । यता क्याम्पस प्रशासनले क्याम्पसमा शिक्षकहरुको कमी तथा सम्बन्धि निकायको आदेशानुसार आफुहरुले आगामी दिनमा नियमितता दिइने जनाएको छ ।
डिग्री कक्षाका बिद्धार्थीहरुले फारम भर्न प्रशासनले आग्रह गरेता पनि बिद्धार्थीहरुले नै अटेर गरेको र सो सम्बन्धमा संचालक समितीको बैठक बसी निर्णय गर्ने तयारी गर्दा अकस्मात बिद्धार्थीहरुले क्याम्पस प्रमुखको कुर्चीमा आगजनी गरिदिएका सहायक क्याम्पस प्रमुख नवराज तिवारीले बताउनुभयो । बिद्यार्थीहरुको मागका बिषयमा क्याम्पसमा आज साझ बैठक राखेको सहायक क्याम्पस प्रमुख नवराज तिवारीले बताउनुभयो । विद्यार्थीहरु आन्दोलनमा उत्रनु पुर्व मंगलबार क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई वार्तामा बोलाएका थिए तर विद्यार्थीहरुको माग प्रति क्याम्पस प्रशासन सकारात्मक नभएपछि वार्ता निष्कर्षविहीन भएको विद्यार्थी नेता अभिनाश शुक्लाले बताउनुभयो ।
क्याम्पसमा बिषयगत शिक्षकको व्यवस्था गरिनुपर्ने, व्यवस्थापन समितिको निर्वाचन यथासिघ्र गरिनुपर्ने, परिक्षा केन्द्र यसै क्याम्पसमा रहने व्वबस्था मिलाउनुपर्ने , स्नातकोत्तर तहको नियमित पठनपाठनको ब्वबस्था मिलाउने जस्ता विद्यार्थीको माग पुरा नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीले बताएका छन् । यसैगरि बिद्यार्थीहरुले बिभिन्न ५ सुत्रीय माग राख्दै प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend