logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ६ ।
गुल्मीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमित सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर– ६ का २१ वर्षकी महिला, वडा नम्बर–७ का ३९ वर्षका पुरुष, वडा नम्बर–८ का २१ वर्षका पुरुष, वडा नम्बर–१० का १९ वर्षका, २८ वर्षका, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै वडा नम्बर–१३ मा २१ वर्षका, ३० वर्षका ३६ वर्षका पुरुष वडा नम्बर–१४ मा १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टीनमा बसेका रहेको स्वास्थ्य संयोजक अर्याललले बताए । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १६७ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला भरतकुमार अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend