logo
  • शनिबार, साउन ९ २०८३

पोखरामा पहिलो पटक मोवाईल मेला हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कविता घर्ति मगर, कास्की श्रावण २६ ।
पोखरामा पहिलो पटक मोवाईल मेला हुने भएको छ । पोखरा इलेक्ट्रोनिक्स ब्यवसायी संघको आयोजनामा साउन २८ गतेदेखि सुरु हुने मेला पाँच दिन सम्म चल्नेछ ।

पृथ्बीचोक स्थित पोखरा विजनेश कम्प्लेक्समा साउन ३२ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न ब्राण्डका मोवाईलको ४० वटा स्टल रहने संघका सचिव नारायण सुवेदीले जानकारी दिनुभयो । मेलाको अबसरमा प्रत्येक सामान खरिदमा पाँच देखि १० प्रतिशत सम्म छुट दिईने आयोजकले जनाएको छ ।

मेलामा आउने दर्शकलाई प्रत्येक दिन गिफ्ट ह्याम्पर प्रदान गर्नुको साथै प्रवेश निशुल्क गरिने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेला सम्पन्न गर्न २ लाख ८० हजार खर्च लाग्ने र झण्डै ३० लाखको कारोवार हुने अपेक्षा गरिएको छ । मेला अबधिभर २० हजार दर्शक भित्रने अनुमान छ । मेलालाई जियोनी मोवाईलले मुख्य प्रयोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend