logo
  • शुक्रबार, असोज ९ २०८३

खाडीमा बिलाएका सपनाहरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-केशव आचार्य ।
आँखामा आसु टपक्क भरीए मन थाम्न नसक्ने गरी भक्कानियो । अनि सम्झीए खाली भएका ती आमाका काखहरु अनि पुछिएको श्रीमतीको सिउदो । कती विडम्बना छ है हाम्रा दाजुभाई अनि दिदिबहिनीहरुको अनि भविष्य नभएको मेरो पनि ।

आमाको च्यातिएको चोली बुवाको पुरानो भएको कमिज श्रीमतीलाई एकसरो ज्यान ढाक्ने कपडा भाइ बहिनीको पढाई खर्च सबै खुसी एकैपटक भित्राउने सोचमा साहुसंग लाखौं ऋण खोजेर खाडी पस्ने मेरा दाजुभाईको कफिन आकाशबाट उडेर आउदा ति आमाले कसरी आफ्नो मन थामेकी होलिन । बेसहारा भएका बाबुले के गरी चित्त बुझाए होलान सिउदो पुछिएकी श्रीमती अचेत भएर ढलेकी होलीन ति लाचार भाई बहिनी दाजुको पर्खाईमा कुरेर बसेका आँखाले कसरी परेली चिम्लिए होला ।

बिभिन्न जहाजबाट २४ जनाको शब एकैपटक प्लेनबाट एयरपोर्टमा झर्दा कती सन्नटा आएहोला । ति आफन्तको चित्कारले कती नरमाइलो बनाए होला त्यो पल म कल्पना गर्न सक्दिन । पशुपतिमा आर्यघाटमा जम्मा भएका आफन्तीले कसरी मन थाम्न सके होलान, कसरी सम्हालिन सके होलान । बिडम्बनाले भरीएको मेरा दाजुभाईहरुको जिन्दगी खाडीले कति सजिलै लिएको छ है ।

सपनाहरु पुरा गर्न उडेका जिन्दगीहरु कफिनमा थुनिएर बोल्न नसक्ने गरी फर्किएका छन कठै ! मेरो बिडम्बना, मेरो देशको बिडम्बना, मेरो परिबारको बिडम्बना अनि चाहेर पनि आफ्नो देशमा बस्न नपाउनुको बिडम्बना, केहि गरेर आफ्नो देशमा पेट पाल्न नसक्नुको बिडम्बना र परदेशी दाजुभाई दिदिबहिनीको समस्या नसुनिदिने सरकारबाट पिडा मनभरी लिएर सकि नसकी अरुको देशमा पसिना बगाउनुको बिडम्बना ।

आफ्नो देशको युवाहरुलाई खाडीमा बेचेर तिनैले पठाएको रेमिट्यान्स लाई भ्रष्टाचार गरेर जिन्दगी पालेकाहरुलाई के थाहा परदेशीको पिडा, अरुको देशमा सकि नसकी काम गर्ने हरुको पिडा, टाउको दुख्दा सम्म औसधि नपाउनु को पिडा के थाहा तिनीहरुलाई जसले त्यहि रेमिट्यान्सले चुलो बालिरहेका छन ।

थुक्क मेरो सरकार ! २४ जनाको लास एकै पटक आउँदा सम्म एक शब्द नबोल्ने । ति बुबाआमा को काख त रित्तिएको थियो थियो, ति श्रीमतीको सिउदो पुछिएको थियो थियो एक शब्दले सहानुभूति दिन नसक्ने मेरा प्रधानमन्त्री, मेरा परराष्ट्र मन्त्री थुक्क ! हजारौं पटक भनिसके होलान नेताहरू ले अब कसैलाई बिदेशीनु पर्दैन भनेर तर नेपालमा बसेर एकछाक टार्न समेत मुस्किल पर्छ भन्ने के थाहा तिनीहरु लाई जसले जनताको कर र पसिनामा राज गरिरहेका छन ।

सारा विश्व प्रतिकुल अबस्थाबाट गुज्रिएको अबस्थामा नेपाल सरकारले वैदेशिक रोजगारीमा गएकाहरु जसले बिदेशी भुमीमा दु:ख पाइरहेका छन भोक सम्म टार्न सकिरहेका छैनन् तिनीहरु लाई अबिलम्ब स्वदेश फिर्ता गरेर उचित ब्यबस्थापनमा जोड दिनु पर्छ । कोहि पनि दाजुभाई दिदीबहिनीको भोक र रोगले अकालमा मर्ने स्थिति नआओस् यसमा परराष्ट्र मन्त्रालयले जोड दिनुपर्छ ।

अन्त्यमा, कोहि दाजुभाई दिदिबहिनी परदेशमा अकालमै मर्न नपरोस, मेरो पशुपतिनाथ संग प्राथना छ । बिदेशमा भएका दाजुभाइ दिदिबहिनी लाई सरकारले गर्ने सौतेनी व्यबहारको अन्य होस । कोहि मेरा नेपाली दाजुभाई दिदिबहिनी हरुले बिदेशी भुमिमा दु:ख नपाउन । नेपाली दूतावासले नेपाली गर्ने तुच्छ व्यबहारको अन्त्य होस् ।

दूतावासको काम अप्ठ्यारोमा परेका हरुको समस्या समाधान गर्ने हो उद्दार गर्ने हो घुम्ने मोज मस्ती गर्ने जागिर होइन । अहिलेको अबस्था कोरोना कहरबाट बिश्वनै जुधिरहेको अबस्थामा बिश्वको जुनसुकै कुनामा हुने दाजुभाइ दिदिबहिनीहरु सुरक्षित र सजग हुनुहोला । कोहि कसैलाई केहि नहोस पशुपतिनाथ संग कामना छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend