logo
  • मंगलबार, असोज १३ २०८३

संक्रमित बढ्दै गएपछि छत्रकोट गाउँपालिकाद्धारा क्वारेन्टीनको अनुगमन निरीक्षण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अजय जेम्स,गुल्मी असार ५ ।

छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टीनमा बसेकाहरुका लागी अनुगमन तथा ब्यवस्थापन पक्षकोे बारेमा जानकारी लिनको लागी अनुगमन तथा निरिक्षरण गरिएको छ ।गाउँपालिका भित्र रहेका बिद्यालयमा निमार्ण गरिएका क्वारेन्टीनमा बसेकाहरुको अवस्था र उनिहरुको आत्म मनोवल उच्च बनाउनको लागी निरिक्षरण गरिएको थियो । गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ, उपाध्यक्ष नर्मदा भण्डारी, वडाका वडाध्यक्ष, पत्रकार महेश बोहरा, अजय जेम्स लगायतको टोलीले ठाउँ ठाउँका बिद्यालयका क्वारेन्टीनमा पुगेर त्यहाँ उनिहरुले के कस्ता समस्या भोगेका छन भनेर जिज्ञासा राखिएको थियो । यस्तै क्वारेन्टीनमा बसेकाहरुले पिसिआर रिर्पोट ढिलो आउने गरेकोमा गुनासो गरेका थिए ।गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले उच्च मनोवलको साथमा यो रोग संग लड्नको लागी आग्रह गर्नुभयो । क्वारेन्टीन क्यवस्थापनमा केही क्रुटी भएमा सच्याउने पनि बताउनुभयो । गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले पनि पछिल्ले समय गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिदो क्रममा रहेकाले आफुहरु यसरी सबै मनोबल उच्च बनाउन भेटघाट र अनुगमन निरिक्षरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend