साझा नेटवर्क
अर्घाखाँची, असार ६ ।
गएरातीदेखी परेको अविरल वर्षाका कारण अर्घाखाँची जिल्लाको बिभिन्न ठाउँमा लाखौँको क्षती पुगेको छ । जिल्लाका विभिन्न ठाउँका सडकहरुमा पहिरो झरेर अवरुद्ध भएका छन । सन्धिखर्क नगरपालिका वडा नं। ९ र मालारानी गाउँपालिका वडा न ५ लाई जोड्ने नौलापानीमा निर्माणाधीन पक्की पुल अबिरल वर्षाका कारण बढेको बागी खोलाले पुलको तल्लो सतह तथा केही संरचनालाई क्षेती पुर्याएको छ ।

वर्षाकै कारण सन्धिखर्क गोरुसिंगे जोडने सडक पनि अवरुद्ध भएको छ । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर(६ धातिवाङ्ग साविक वडा नम्बर ४ जिमिरेमा कुखुराको फार्म नै पहिराले पुरेको छ । २५ सय कुुखुरा रहेको फर्म पाणिनि(६ धातिवाङ्गका वडा सदस्य खगिश्वर पौडेलले संचालन गर्नु भएको थियो ।
कुखुराको फार्म पुर्ण रूपमा बगाएको छ, फार्मभित्र भएको ८० बोरा दाना, ५० बोरा भुस र ५ क्विन्टल चुना पनि बगाएको छ । जसका कारण ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । लगातारको वर्षाकै कारण दुई घर उच्च जोखिममा परेका छन, झबबहादुर पचभैया र लिलबहादुर राषकोटीको घर जोखिमा परेका छन, नजिकै रहेको अमर आधारभुत विद्यालयमा राख्ने गरि व्यवस्थापन भएको छ ।
जिल्लाकै सन्धिखर्क नगरपालिका वडा नं। ६ मा पनि पहिरोले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । बिहान एक्कासी आएको पहिरोले घरगोठ बगाएको हो । नरपानीको जगत निवासी सन्धिखर्क नगरपालिकामा कार्यरत कर्मचारी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा गोठमा रहेको लैनो भैंसी, १ बाख्रा, २ वटा खसी, कोठा भित्र रहेको नगद पैसा ८ तोला सुन, लत्ता कपडा तथा खाद्यान्न सबै पुरिएको वार्ड नम्बर ६ का अध्यक्ष कृष्ण बहादुर आचार्यले बताउनु भयो ।
पहिरो जाने संकेत पाउनासाथ घरबाट निस्किएका परिवारका सवै सदस्यहरु अर्को घरमा बसेका भएपनि फेर्ने कपडा नरहेको बताउछन भने खाद्यान्न पनि थोरै रहेको जनाकारी प्राप्त भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend