साझा नेटवर्क
काठमाडौँ ।
लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “गोठपानि मेलामा” को म्युजिक भिडियो सार्बजनिक भएको छ । असारे झरी सुरु भए संगै नेपालीहरु खेतीपाती, मेला तथा गोठपानिमा रमाउने हुँदा समय सान्दर्भिक गित लिएर गायक मेलोडी दर्शक श्रोता माझ आएका छन् ।
दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “गोठपानि मेलामा” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । केहि समय अघि मात्र नेपाली सांगीतिक बजारमा सार्बजनिक भएको गायक रमेश श्रेष्ठको “टिकटकले डुबायो” ले आत्याधिक चर्चा बटुल्न सफल भएको थियो ।
सार्वजनिक गीतमा सुप्रशिद्द बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र गायक रमेश श्रेष्ठ मेलोडीको आफ्नै संगीत रहेको छ भने बिनय कुमार कार्कीले एरेन्ज गरेका छन् । गीतमा र्यापर आयुष अधिकारिलको र्याप रहेको छ। भिडियोलाइ बिष्णु बिरही श्रेष्ठले एनिमेसन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend