logo
  • मंगलबार, असोज १३ २०८३

आज ३८० जना थपिए, कोरोना संक्रमित संख्या ६५९१ पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् ।

 

मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend