logo
  • मंगलबार, असोज १३ २०८३

गौमुखी गाउँपालिकाद्वारा उत्कृष्ट कृषकहरु सम्मानित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

जोगिन्द्र मल्ल, प्युठान असार १ ।
गौमुखी गाउँपालिकाको आयोजनामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत उत्कृष्ट कृषकहरुलाई सम्मान तथा टनेल बितरण कार्यक्रम सम्पन्न भएको छ।

गौमुखी गाउँपालिकाका उपाध्यक्ष तुलसी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले राख्नु भएको थियोे । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाका सातै वटा वडामा रहेका कृषकहरुलाई सो कृषि सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सहजकर्ता सिताराम के सिको उपस्थितिमा वितरण कार्यक्रमको संचालन किरण के सिले गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष सुनारले आधुनिक कृषि प्रणालीलाई जोड दिन र आत्मनिर्भर भई सबैले कृषि खेतीपाती गरि जिबन यापन गर्न सकिने र कृषिमा सरकारले जोड दिएको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend