साझा नेटवर्क
काठमाडौँ, असार १ ।
नेपाल उद्योग संघ द्वारा प्रेस बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। बिगत लामो समय देखि लकडाउनको समस्याले गर्दा उधोग धन्दाहरु बन्द भएको अबस्थामा सरकारको त्यस तर्फ ध्यानाकर्षण गर्दै त्यस्ता उधोग धन्दा पुन: संचालनको लागि सरकारी तबरबाट सहयोग हुनु पर्ने र त्यसलाई सहजीकरण गर्दै साना, घरेलु र लघु खालका उद्योग र उद्योगीले आर्थिक भार व्यहोर्नु पर्ने भएकोले सरकार मार्फत बैंकको ब्याज मिनाहा गर्नु पर्ने तथा सहज कर्जा उपलब्ध गराएर उधोगलाइ संचालन गर्न सहयोग गर्नु पर्ने लगायतका मागहरु राखेको कुरा नेपाल उद्योग संघको संस्थापक केन्द्रिय उपाध्यक्ष तथा ढाका ब्यबसायी कल्पना योङहाङ लिम्बुले बताएकी छिन ।

नेपाल उद्योग संघ
केन्द्रिय कार्यालय,
काठमाडौँ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको रोग कोभिड (१९ ले नेपालमा रहेको उद्योग क्षेत्रमा पुर्याएको क्षति र यस क्षतिलाइ न्यूनीकरणको लागि नेपाल उद्योग संघको तर्फबाट प्रकाशित गरिएको बिज्ञप्ति।
बिगत केहि महिना देखि संसार भरि फैलिरहेको कोरोना भाइरस कोभिड(१९ को असरले नेपालको अर्थ तन्त्रमा पुराएको असर बारे हामी सम्पूर्ण उद्योगीहरु जनाकारनै छौ। यस महामारीलाई नेपालमा अरु थप फैलिन नदिनको लागि मिति २०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्दै सबै उधोगी र उधमिहरुले आ-आफ्नो उधोगहरु पूर्ण रुपमा बन्द गराएको आज करिब तिन महिना हुन लागि सकेको छ।
यस अबधिमा उद्योग र उद्योगीहरुको उत्पादन, बिक्रि वितरण लगायत सम्पूर्ण आर्थिक कारोबारहरु पूर्ण रुपमा बन्द रहेको छ तथापी उधोगहरुको दायित्वहरु भने बढ्दै गइ रहेकोले सम्पूर्ण उधोगीहरु थप मारमा परि रहेको छ। नेपालमा रहेको अधिकांस लघु, घरेलु , साना तथा मझौला उधोगहरु झन् बढी मर्कामा रहेको छ।
किनकि यस्ता उधोग र उधमिहरुको राज्यसंग सहज पहुच नहुने र सम्पूर्ण पुंजी बजारमा लगानी गरेको हुने साथै बजारमा भएको लगानी उठ्न नसकिरहेको स्थितिमा अब उप्रान्त आफ्नो उधोगलाई कसरि संचालनमा ल्याउने, कर्मचारी ब्यबस्थापन कसरि गर्ने भन्ने थप चिन्तामा उधोगी हरु रहेको छ। हालै घोषित बजेट भाषणमा यस्ता किसिमका उधोग र उधमिको लागि केहि राहत हुने किसिमको बजेट बक्तव्यमा सम्बोधन भएता पनि कार्यन्वयन पक्ष सरल र सहज भने छैन।
यस विषम परिस्थितिले कृषि उधोग, पशु पन्क्षिजन्य उधोग, उत्पादन मुखी उधोग, निर्यात उधोग, रोजगारमूलक उद्योग, शैक्षिक उद्योग, मुद्रण उद्योग, सेवामुलक उद्योग, उर्जामुलक, हस्तकला जन्य उद्योग लगायत सम्पूर्ण उधोगहरुको उधोग बन्द भए पश्चात नगद प्रबाह नभएको र यस परिप्रेक्षमा उधोग र उधमिहरुले विभिन्न बैंक तथा बित्तिय सस्थाहरुबाट लिएको ऋणहरु समयमा बुझाउन नसकिने र सरकारलाई तिर्नुपर्ने कर,भ्याट र अन्य दायित्वहरु समयमा बुझाउन नसकिने भएकोले सहजीकरणको लागि सम्पूर्णमा यस नेपाल उद्योग संघ हार्दिक अपिल समेत गर्दछ।
यस विषम परिस्थिति पश्चात नेपालमा रहेका उधोग र उधमिहरुलाई सहज संचालनमा आउन अझै केहि समय लाग्ने भएकोले र आ-आफ्नो उधोगहरु पूर्ण संचालनमा ल्याई उत्पादन, रोजगार, सेवा प्रदान गरि देशलाई आर्थिक समृद्धि तर्फ लैजानको लागि उधोग र उधमिहरुको मनोबल अभिवृद्धि गर्नको लागि निम्न बुदाहरुमा सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ।
इश्वर बहादुर गुरुङ ओम प्रताप राणा
केन्द्रिय महासचिव केन्द्रिय अध्यक्ष
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend