साझा नेटवर्क
दिपक खनाल/विक्रम पाण्डे, अर्घाखाँची जेष्ठ ३१।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं. ११ र १२ का क्वारेन्टाइनमा रहेकालाई RDT परिक्षण गरिएको छ । जस्मा वडा नं. ११ विजय मा.वि. क्वारेन्टाइनमा १९ जनामा गरिएको RDT परिक्षणमा ६ जनामा पोजेटिभ देखिएको छ ।

त्यस्तै सन्धिखर्क नगरपालिका कै वडा नं. १२ ज्ञान प्रकाश माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा १४ दिन पुगेका ३३ जनाको RDT परीक्षण गरीएकोमा ७ जनाको रिपोर्ट पोजिटीभ आएको छ । परिक्षणमा रिपोर्ट नेगेटिभ आएकाहरुलाई घरमा गएर केहिदिन सुरक्षित साथ कसैको सम्पर्कमा नआई बस्नका लागी आग्रह गरेर पठाईएको छ ।

RDT परिक्षण कार्यमा वडा नं. ११ र १२ कार्यालयका अध्यक्ष, सदस्यहरु, सचीव लगाएतको उपस्थिति रहेको थियो । वडा नं. ११ र १२ दुवै वडाका RDT रिपोर्ट पोजेटिभ देखिएकाहरुको स्वाव संकलन गरिएको छ । उहाँहरुको स्वाव जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईने जानकारी जिल्ला स्वास्थ्य कार्यालयबाट परिक्षणमा खटिनु भएका स्वास्थ प्राविधिकले दिनुभएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend