साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु जेठ ३१ ।
कपिलवस्तु जिल्ला बाणगंगा नगरपालीका ४ जीतपुरमा आज युवाहरुले कोरोना रोकथाममा सरकारको भूमिकाका विषयमा असन्तुष्टि जनाउदै शान्तिपूर्ण प्रदर्शन गरका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिको चार नम्बर जीतपुर चोकमा शान्तिपूर्ण प्रदर्शन भएको हो । प्रदर्शनमा सरकारले नयाँ नक्शा जारी गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए भने सरकारले कोरोना नियन्त्रण उचित कदम नचालेको, अनियमितता गरेको, क्वारेन्टाइनहरु व्यवस्थित गर्न नसकेको र पिसिआर परिक्षणको दायरा बढाउन समेत माग गरेका छन् ।
कार्यक्रम सचेत युवा सबल युवा देशका लागि भन्दै हेल्प फर ह्याप्पीनेस कपिलवस्तुले आयोजना गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend