साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ ३१ ।
शनिबार बिहानै रेसुंगा नगरपालिका ८ को माइकास्थान मन्दिरमा १५÷२० जना बिद्यार्थी र शिक्षकहरु निकै व्यस्त थिए । झट्ट देख्दा गुरुकुल शिक्षा फर्किएको जस्तै । मन्दिरको डिल र आगनीमा सामाजिक दुरी कायम गरि बसेका शिक्षक तथा बिद्यार्थी संकटका अप्ठ्यारा र बिषयवस्तुका कुरा गरिरहेका थिए । केहि बिद्यार्थीले गृहकार्य देखाए । कसैले बिद्यालय संचालनको अन्यौलता सोधे ।

अधिकांश गृहकार्य गर्नकै लागि व्यस्त भए । बिचबिचमा कापी किताव बोकेर मन्दिरमा थपिदै गरेका बिद्यार्थीलाई शिक्षकहरुले सहजीकरण गरिरहे । सन्दिप विक सिद्धबाबा मावि कक्षा ११ को बिज्ञान संकायमा अध्ययन गर्छन् । बिहानै मन्दिर आएर विक बिद्यालयमा पढेजस्तै नभए पनि शिक्षकहरु सहजीकरणले अत्यन्तै खुसी भएको बताए ।
रेसुङा नगरपालिका ८ की अनिशा विक शुक्रबार बिहानै शिक्षकहरु घरमा आएको देखेर छक्क परिन् । उनी सदरमुकाम तम्घासको सिद्धबाबा माविमा अध्ययन गर्छिन । विक अहिले कक्षा ६ मा प्रथम भएर ७ मा पुगिन् । तर भर्ना भएकी छैनन् । साढे दुई महिनादेखि बिद्यालय बन्द छ । लामो समयमा शिक्षकहरु आगनमा देखेर बिद्यालय पुगे जस्तो महसुस भएको अनिशा बताउँछिन् ।
सरहरु देखेर अत्यन्तै खुसी भएँ, अरु थुप्रै साथीहरु पनि मेरै घरमा आए,’उनले भनिन,‘ नयाँ किताव कापी र थोरै बिषयवस्तुमा कुरा ग¥यौ, बिद्यालय प्रति नयाँ आशा जाग्यो । सिद्धबाबा माविले बिद्यार्थीहरुलाई वैकल्पिक सिकाई सहजीकरण थालेको छ । कोरोना संक्रमणको कारण लामो समय बिद्यालय बन्द भएका छन् । जसका कारण थुप्रै बिद्यार्थीहरुको पढाई प्रभावित बनेको छ ।
लकडाउन बढ्दै जाँदा बिद्यालय संचालन अनिश्चीत भएकाले बिद्यार्थीहरुलाई नयाँ वैकल्पिक सिकाई सहजीकरण थालिएको बिद्यालयमा प्रध्यानाध्यापक डोर बिक्रम श्रीसले बताए । उनले यो अभियानले सवैभन्दा पहिले शिक्षक, अभिभाव र बिद्यार्थीबिचमा सम्बन्ध निकट बनेको बताए । त्योसंगै बिद्यार्थीहरुलाई कोरोना संक्रमण र बिद्यालय संचालनको अन्यौलता बारेमा सहजीकरण गरिएको श्रीसले जानकारी दिए । नयाँ पाठ्यपुस्तकको अवस्था र यो संक्रमणमा अभिभावले अपनाएको सिकाईका अभ्यासको बारेमा पनि छलफल भएको थियो ।
‘सामुदायीक सचेतनासहित फुर्सदको समय सदुपयोग गर्न खोजेका छौ,’उनले भने,‘भेटले बिद्यार्थी र अभिभावप्रतिको नैराश्चयता दुर गरेको छ ।’बिद्यालयले कक्षा १० का बिद्यार्थीहरुलाई अनलाइन कक्षा संचालन पनि गरेको छ । तर त्यो आशिंक मात्रै सफल देखिएकाले यो विकल्प थालिएको प्रध्यानाध्यापक श्रीसको भनाई छ । उनले भुगोल र प्रविधीले साथ नदिएका कारण अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको बताए ।
बिद्यालयले अधिकांश बिद्यार्थी रेसुङा नगरपालिकाका भित्रका भएकाले टोल–टोलमा पुगेर बिद्यार्थी र अभिभावक सहजीकरण गर्ने योजना बनाएको छ । प्रत्येक टोलमा समुह बनाएर पालै–पालो बिषय शिक्षकहरु दुई÷तीन पटक पुग्ने तालिका बनाइएको शिक्षक टीका खड्काले जानकारी दिए । अभिभावहरुलाई खबर गरेर कुनै घरमा संभव भएसम्मका बिद्यार्थी बोलाएर सामाजिक दुरी समेत कामय गरेर सहजीरकण गर्ने गरिएको खड्काले बताए ।
एसइई बाहेक नर्सरीदेखि कक्षा ९ सम्मका बिद्यार्थी परिक्षा दिएपछि बिद्यालय पुगेका छैनन् । जसका कारण अधिकांश बिद्यार्थीहरु पठन–पाठनको मोहबाट टाढिदै गएका छन् । लामो समय बिद्यालय बन्द भएका कारण केहि बिद्यार्थीहरु अभिभावकको नियन्त्रण बाहिर जाने पनि अवस्था आएको छ । सिद्धबाबा माविमा तीन छोराछोरी पढाउँदै आएकी पवित्रा मुखियाले आफुहरु अनपढ र छोराछोरीले पनि भनेको नमान्ने कारण समाल्न निकै मुस्किल परेको गुनासो गरिन् ।
लामो समय बिद्यालय बन्द भएका कारण बिद्यालय संचालन अनिश्चीत बनिरहेको अवस्थामा सिद्धबाबा माविले संचालन गरेको नयाँ अभियानले आफुहरुलाई अत्यन्तै खुसी लागेको रेसुङा नगरपालिका ८ का यम बहादुर विकले बताए । उनका दुई छोरीले सिद्धबाबा माविमा अध्ययन गर्दै आएका छन् । ‘लामो समय बिद्यालय बन्द हुँदा छोरा–छोरीको भविष्यका बारेमा कैयौ अभिभावक चिन्तामा छन्,’उनले भने,‘केहि नहुनुभन्दा सिद्धबाबाको अभियान उदाहरणीय छ ।
रेसुङा नगरपालिका वडा नं २ का वडा सदस्य शेर बहादुर विश्वकर्माले आफुहरुलाई टोल–टोलमा अभिभाव र बिद्यार्थीहरुले बिद्यालय अन्यौलता बिषयमा पटक–पटक ध्यानाकर्षण गराईरहेको अवस्थामा सवै बिद्यालयले सिद्धबाबाले जस्तै टोल–टोलमा शिक्षक, अभिभावक र बिद्यार्थीबिच सामुदायीक शिक्षा र सहजीकरण थाल्नुपर्नेमा जोड दिए ।






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend