logo
  • मंगलबार, असोज १३ २०८३

बाग्लुङको रिघामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिष पाठक, बाग्लुङ जेठ ३० ।
बाग्लुङको गलकोट नगरपालिका वडा नं. ११ रिघाले शुक्रबारबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य शुरु गरेको छ । शुक्रबार सानो रिघा, धारा मन्दिर र वडा कार्यलय बाट भत्ता वितरण गरिएको र शनिबार विहान ७ बजेदेखि मनेवा पाटाबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने वडा अध्यक्ष डम्बर बाहादुर श्रीसले जानकारी दिए ।

श्रीसले दिएको जानकारी अनुशार कुल २ सय ६९ जनालाई २४ लाख ५६ हजार ८ सय बराबरको भत्ता वितरण गरिएको छ । जस अन्र्तगत पोषण भत्ता ३५ जना ५५ हजार २ सय, दलित/बृद्ध ५९ जना ६ लाख २० हजार, एकल महिला २० जना १ लाख ६० हजार, पुर्ण अपाङ ४ जना २५ हजार ६ सय, जेष्ठ नागरिक ८७ जना १० लाख ४४ हजार, आमसिक अपाङ १० जना ६४ हजार, र विधुवा महिला ५४ जनालाई ४ लाख ८८ हजार बितरण गरिएको हो ।

आर्थिक वर्ष ७६/७७ को तेस्रो चौमासि अन्र्तगतको चैत्र,बैशाख जेठ र असार महिनाको भत्ता वितरण गर्दै वडा अध्यक्ष डम्बार बहादुर श्रीसले बृद्धहरु इतिहासको साक्षि भएकाले उहाँहरुबाट धेरैकुरा सिक्न सकिने बताउदै सबैले सम्मन गर्नुप्रर्ने बताए । त्यसतै भत्ता बुझ्दै बृद्धहरुले भने यस्तो माहामारीको विचमा पनि वडाले घरदैलोमा आएर भत्ता वितरण गरेको कारण आफुहरुलाइ सहज भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend