logo
  • मंगलबार, असोज १३ २०८३

छत्रदेव गाउँपालिकाको सुख्खाग्रस्त वडामा नि-शुल्क हिलटंकी वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची जेठ ३०।
छत्रदेव गाउँपालिका वार्ड नं ५ ले बिहिबार दिउसो सामाजिक दुरिसहितको एक औपचारिक कार्यक्रमका बीच स्थानियाहरुलाई निशुल्क हिल टंकी वितरण गरेको छ । केहि महिना अघि मात्र पहिलो चरणमा छत्रगन्ज साबिक का वडा नं ५,६ मा १८० घरधुरीलाई हिल टंकी वितरण गरेको थियो ।

दोश्रो चरणमा साबिकका ७ र ८ वडाका करिब १६७ घरधुरीलाई निशुल्क हिल टंकी वितरण गरिएको र इ बि डी खरिद प्रकिया मार्फत न्युनतम दर रेटमा टेण्डर आवाहन गरि नेपाल सरकारबाट गुणस्तर चिन्ह प्राप्त पुर्ण रुपमा तौल मापन भएको अत्यान्तै गुणस्तरीय बलियो हिल टंकी नि-शुल्क वितरण गरिएको छत्रदेव गाउँपालिकाका वडाहरु मध्ये बिकाश निर्माणका काममा अब्बल ५ नं वडाका वडा अध्यक्ष तथा छत्रदेव गाउँपालिकाका प्रवक्ता बालकृष्ण श्रेष्ठले बताउनु भयो ।

छत्रदेव गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तुल्सादेबी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा बोल्दै छत्रदेव गाउँपालिकाको भूभागमा खानेपानीको स्रोतको अभावले गर्दा ठुला ठुला लिफ्टिङ खानेपानीका योजनाहरु बनाउदै गरिएता पनि योजना पुरा हुन अझै केहि समय लाग्ने हुदा बर्तमान खानेपानीको समस्याको परिस्थिति नियुनिकरणका लागि राहत स्वरुप हिल टंकी वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

कार्यक्रममा बोल्दै आफुहरु निर्वाचित भएसँगै छत्रदेव वासीहरुलाइ पानीको अभावमा काकाकुल हुनबाट बचाउनको लागी चिदिका देखि मरेङ सम्मका जनतालाइ कसरी खानेपानिको व्यवस्थापन गर्न सकिन्छ भनेर गाउँपालिकाले बनाएको योजना अनुरुप यो वर्ष मात्रै १२ वटा लिफ्टिङ खानेपानीका योजनाहरु बनाइएता पनि बिभिन्न समय परिस्थिती र महामारीका कारण कतिपय ठाउँमा पाइप लगायत अन्य सामाग्रिहरु आउन नसकेको र कतिपय योजनाहरुमा ठेकदारहरुले काम गर्न नसकेको समस्या देखिएता पनि आगामी वर्षको मध्यान्ह सम्म १२ वटा खानेपानी योजनाहरु सम्पन्न गराउन आफुहरु कठिवद्ध भएर तन,मन र वचन का साथ् लागि परिरहेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले वताउनु भयो ।

छत्रदेवमा खानेपानीको अभावलाइ मध्यनजर गर्दै देखिएको समस्याको न्युनीकरणका लागि ५ नम्बर वडाले हिल टंकी वितरण गरेको र बोकेर ल्याएको पानी र आकाशे पानीले भए पनी टंकीमा पानी संकलन गरी पानीको समस्या न्यूनीकरण हुने र लाभग्राहीहरुले वडावाट नि-शुल्क प्राप्त गरेका हिल टंकीहरुको हिफाजतका साथ भरपुर सदुपयोग गर्न पालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले आग्रह गर्नुभयो ।
वडाका स्थानीय एक जना जेष्ठ नागरिक नित्य बहादुर बिक का अनुसार वडाले निशुल्क वितरण गरेको हिल टंकीले खानेपानीको समस्या लगायत कृषि प्रयोजनका लागि समेत आफुहरुलाइ राहत पुग्ने र यसरी वडाले नि-शुल्क टंकी वितरण गरेकोमा वडा र गाउँपालिकाका जनप्रतिनिधी प्रति आफुहरु आभारी रहेको खुशी हुदै बताउनु भयो ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका जिल्लाकै सुख्खा ग्रस्त गाउँपालिकाको रुपमा चिनिन्छ । पालिकाका प्रायजसो सबै वडाहरुमा पानीका प्रयाप्य मात्रामा मुलहरु नभएको हुदा स्थानीयहरू पानीका लागि टाढा टाढा पुगेर पाला बसेर पानि ल्याउन बाध्य छन्। गाउँपालिकाका कतिपय ठाउहरुमा लिफ्टिङ खानेपानीका योजना पुरा भयसंगै कतिपय ठाउहरुमा पानीको सहजता भयतापनी अझै पनि गाउँपालिकाका अधिकांस ठाउहरु भने अहिले पनि पानीको अभावबाट ग्रस्त छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend