साझा नेटवर्क
अनिष पाठक
बाग्लुङ, ३० जेष्ठ । गलकोट नगरपालिका वडा नं. ११ रिघाका ३० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडामा २ सय २४ खरका छाना भएका परिवारले निबेदन दिएको र ति मध्ये पहिलो चरणमा बिहिबार ३० घर परिवारलाई जस्तापाता उपलब्ध गराईएको वडा अध्यक्ष डम्बर बाहादुर श्रीसले जानकारी दिए ।

नगरपालिकाको खरको छानो विस्थापन गर्ने कार्यक्रम अनुसार उक्त जस्तापाता वितरण गरिएको हो । खरको छानो हुँदा आगलागिको डर र बर्खामा पानि चुहिने समस्या झेल्दै आएका स्थानीयहरु जस्तापाता पाँउदा खुसी भएका छन ।
वडा नं. ११ रिघाले गत चैत्रमा नै खरको छाना भएका परिवारको वडा अध्यक्ष, पालिकाका प्रविधिक तथा वडा सदस्य सहितको टोलिले घरको अनुगमन, घरको नाप लिने लगायतका काम सकिसकेको थियो ।
साथै वडा अध्यक्ष डम्बर बहादुर श्रीसले आज विहान ७ बजेदेखी टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता पनि वितरण गरिरहेको जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend