logo
  • शनिबार, साउन ९ २०८३

पिपलधाराका युवाहरुले नमुना गाउँ बनाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार, गुल्मी जेठ ९।
स्वदेश देखि विश्वभर संगठित भएका गुल्मी पिपलधाराका युवाहरुले आफ्नो गाउँलाई आफुहरुकै पहलमा नमुना गाउँ बनाउने उद्घोष गरेका छन् । सामाजिक सञ्जाल मार्फत अभियान सुरु गरेको एक वर्षमै गाउँमा एम्वुलेन्स सेवा उपलव्ध गराएर उदाहरणीय कार्य गरी सकेका त्यहाँका युवाहरुले आज एक कार्यक्रमको आयोजना गरी यस्तो उद्घोष गरेका हुन् ।

p 1

पिपलधारा चौतरी सम्र्पक समिति, विश्व सञ्जाल गुल्मी नामक संस्था गत वर्षदेखि दर्ता गरी उनिहरुले गाउँको शिक्षा स्वास्थ्य क्षेत्रको विकास गर्नुका साथै असाहय , विपन्न र दैविक विपत्तीमा परेकाहरुको उद्धार गर्दै आएका छन् । सो संस्थाले आफ्नो गाउँको महत्वपुर्ण स्थान, कला संस्कृति र सामाजिक सेवामा सवैलाई प्रेरित गर्ने गरी निकालेको सन्देशमुलक २०७३ सालको वार्षिक क्यालेन्डर प्रकाशन तथा वितरण कार्यक्रमको आयोजना गर्दै त्यहाँका केहि असहाय र विपन्न परिवारलाई राहत वितरण समेत गरेको छ ।
p 3
७ सय ६१ घरधुरी रहेको पिपलधारामा उसले एक घर एक क्यालेन्डर र त्यहाँका प्रत्येक शैक्षिक , अन्य संघ संस्थामा समेत क्यालेन्डर वितरण गरेको छ । सोही अवसरमा गत तिन वर्ष देखि थला परेका र विहान वेलुकाको गुजरा समेत चलाउन नसकेर विचल्लीमा परेकी उनकी श्रीमति हिरा जिसीलाई १० हजार भन्दा बढि नगद सहयोग गरेको छ ।

त्यस्तै त्यतिनै सहयोग खुट्टा भाँचिएर पाल्पा मिशन अस्पतालमा भर्ना भएका पिपलधारा ३ का नरबहादुर जिसीका परिवारलाई पनि गरिएको छ । त्यस्तै पत्रकार प्रेम सुनारलाई पनि पुरस्कृत गरिएको छ ।
p 4
कर्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी, सोही पार्टीका पिपलधारा गाउ सभापति हरिबहादुर थापा, नेकपा एमालेका अध्यक्ष वावुराम खड्का, एमाओवादी अध्यक्ष रत्नप्रसाद खनाल, राप्रपाका अध्यक्ष टानबहादुर केसी , पिपललधाराका पुर्व गाविस अध्यक्ष तथा एम्वुलेन्स सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै संस्थाको तर्फबाट वरिष्ठ सल्लाहकार धनबहादुर खड्का, संस्थापकहरु कृष्ण खड्का, पुस्कर खड्का, सुर्यबहादुर थापा, गिरिजा थापा लगायतले मन्तव्य राखेका थिए । पिपलधाराकी सवै भन्दा जेष्ठ नागरिक ९८ वर्षिया देवकली खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अर्की वयोवृद्धा वागमती केसी र पत्रकार प्रेम सुनारको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जापनमा रहेका त्यस संस्थाका वर्तमान अध्यक्ष कृष्णप्रसाद खनालका पिता शिवहरी खनाल, दुवईमा रहेका निर्वतमान अध्यक्ष कमल जिसीका दाजु नविन जिसी, मलेशियामा रहेका महासचिव राजेन्द्रकुमार खड्काकी श्रीमति अम्विका खड्कालाई सम्मान गरिएको थियो ।

त्यस्तै भारतमा रहका सचिव अमृतकुमार केसी, सोही स्थानमा रहेका कोषाध्यक्ष रामप्रसाद घिमिरे , दुवईमा रहेका सह–सचिव भरत केसी सहित त्यस संस्थाका ९५ जना सक्रिय सदस्यहरुलाई परिचय पत्र वितरण गर्दै उनका परिवारजनलाई सम्मान पत्र समेत प्रदान गरिएको छ ।

पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जालको स्थानिय अध्यक्ष वावुराम जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेजेन्द्र घिमिरेको स्वागत मन्तव्य र सुर्य खड्काको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend