logo
  • मंगलबार, असोज १३ २०८३

प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,प्यूठान जेठ ३० ।

प्यूठानमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्यठानबाट प्रादेशिक जनस्वास्थ्य अस्पताल भैरहवामा पठाइएको स्वाव परिक्षणको क्रममा शुक्रवार प्यूठान माण्डवी गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको माण्डबी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित माण्डवी गाउँपालिका १ का ३६ वर्षिय र वडा नं. ४ का ४८ वर्षिय पुरुष रहेका छन् । उनिहरु केहि दिन अघि भारतबाट आइ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend