logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीको भुर्तुङ्गमा देखियो फौजी किरा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सज्जन ढकाल गुल्मी जेठ २८ ।
कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ्गको हिलेमा पनि मकै बारिमा फौजी किरा देखिएको छ । फौजी किरा मकै बारिमा देखिन थाले पछि भुर्तुङ्ग हिलेका स्थानीय कृषक त्रसित भएका छन । यस क्षेत्रको विशेष गरि मुख्य बालिको रुपमा रहेको मकै बालिमा फौजी किरा देखिन थाले पछि स्थानियले चिन्ता व्यक्त गर्न थालेका हुन ।

वडा कार्यालय भुर्तुङ्गबाट भिलेजप्रोफाईल, घरधुरिकर, सङ्कल गर्न गाउँ पुगेका कर्मचारि सामाजिक परिचालक सङ्कर किसानले मकै बारिमा मकै पहेँलो देखेपछी स्थानिय रामु गिरिको मकै बारिमा मकैको गुबो च्याती हेर्दा फौजी किरा मनग्य मात्रमा सबै मकैको बोटमा भेटिएको हामिलाई बताए ।

यस किरा नियन्त्रण गर्न कालीगण्डकी गाउँपालिका गुल्मीमा बिषादि आयात गरियतापनी वडा कार्यालय लगायत, गाउँ घरका बस्ती र कृषकका हात हातमा पुग्न सकेको छैन । बिसादी गाउँ पालिकाको कर्यालयमै सिमित रहेको छ । कालीगण्डकी गाउँपालिका भित्रका अन्य स्थानमा पनि देखिने संभावना प्रबल रहेको छ ।

स्थानीय सरकारले तत्काल यस समस्या समाधान गर्न बिसादी उपलब्ध गराउनु पर्ने, किसानलाई क्षेतिपुर्ती दिनुपर्ने र गुल्मी जिल्लाका अन्यत्र स्थानमा यस किराले मकै बाली सखाप पर्दा कालीगण्डकी गाउँपालिकाले कृषकलाइ पुर्व जानकारी र तयारि गराउन नसकेको दुखेसो ब्यक्त गर्दै एक कृषकले हामिलाई बताए ।

पछिल्लो समयमा गुल्मीका विभिन्न स्थानमा यस किराले मकै बाली सखाप पारेको छ । विशेष गरि मकै बालिमा यस किरा लाग्ने गरेको पाईन्छ । मकैको गुबोमा बस्ने हुदा मकैको वृद्धि बिकास हुन बाट रोक्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend