logo
  • शनिबार, साउन ९ २०८३

कतारमा डिसेम्बरबाट काफला प्रयोजनको नियम परिवर्तन हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कतार, श्रावण २५।
लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तःत परिवर्तन हुने भएको छ । यस भित्र श्रमिकको कतार प्रवेश,बसाई तथा प्रस्थान सम्बन्धि कानून पर्ने गर्दछ । आगामी डिसेम्बर १३ देखि कफाला प्रायोजनको नियम परिवर्तन हूँदै छ त्यसपछी कामदारले कम्पनी परिवर्तन गर्न समेत पाउने छन् ।13938345_1233349976723002_4585656462382233218_n
गत वर्ष अक्टूबरमा कतार सरकार बा६ श्रमिक सम्वन्धि प्रायोजनको कानुन लाई परिमार्जन गर्न प्रस्ताव भएको थियो । त्यसैको ठिक १ वर्ष पश्चात यहि आउँदो डिसेम्बर १३ देखि यस कानुन लागु हुने भएको छ । यसले श्रमिकहरुमा थप उत्साह जागेको छ । यस बारे थप जानकारी दिन यहाँको आन्तरिक मन्त्रालयले छिट्टै आप्नो सामाजिक सञ्जाल मार्फत अभियान चलाउने पनि भएको छ ।

के के परिर्वतन हूने छ त ?
१.नँया कामको लागी कतार फर्कने लाग्ने २ वर्षको प्रतिबन्ध हट्नेछ ।
२.कम्तिमा ५ वर्ष सम्म एउटै कम्पनीमा बिताएका श्रमिकले अर्को काम खोज्न पाउने ।
३.श्रमिकलाई ५ वर्ष भन्दा बढी काम करारको सम्झौता गराउन नपाउने ।
४.नँया कामको लागी श्रम तथा सामाजिक मामिला मन्त्रालयको स्वीकृती भए पूग्ने, (NOC) लेटर नचाहिने ।
५.ड्राइभिंग लाइसेन्स लिन पाउने ।
६.आफै कोठा लिएर बस्न पाउने ।
७.श्रमिकको राहदानी राखिएको पाईएमा १० हजार देखि २५ हजार रियाल सम्मको जरिवाना हूने ।
८.कतार छोड्न चाहिने अनूमति पत्र (EXIT PERMIT) नचाहिने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend