logo
  • मंगलबार, असोज १३ २०८३

श्रेष्ठ परीवारद्धारा क्वारेन्टाईनमा रहेकाहरुलाई स्वास्थ्य समाग्री प्रदान ।


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बिक्रम पाण्डे, अर्घाखाँची जेष्ठ २८

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.१२ झेडि निवासी हाल क्यानडामा रही ब्यवसाय गरी बस्नुहुने माता उजेला श्रेष्ठ र पिता स्वर्गीय गुरु प्रसाद श्रेष्ठका सुपुत्रहरु अरुण श्रेष्ठ र सरुन श्रेष्ठद्धारा सन्धिखर्क नगरपालीका वडा नं. ११ को विजय माध्यमिक विद्यालय र १२ को ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटमा स्थापना गरीएको क्वारेन्टाईनको लागी ४२,८२१ (अक्षरुपी बयालिस हजार आठ सय एक्काइस) बराबरको पोषणयुक्त खाना तथा स्वास्थ्य समाग्री प्रदान गर्नु भएको छ ।

श्रेष्ठले उक्त क्वारेन्टाईनमा रहनुहुने आफ्ना डिभर्नाबासी दाजुभाई दिदीबहिनीहरुको स्वास्थ्य अबस्थालाईं मध्यनजर गर्दै KN-95 माक्स ९० थान , सर्जिकल माक्स २०० थान , एक सय एम एल बराबरको सेनिटाइजर ९० थान , ३० केजी कुखुराको मासु , २ पेटि (४२० गोटा) अण्डा लगायतका समाग्रीहरु सहयोग स्वरुप प्रदान गर्नु भएको हो ।

श्रेष्ठद्धय दाजुभाई र उहाँको परीवार विगत डेढ दशक देखि क्यानडामा बसोबास गर्दै आउनु भएको छ । आप्नै दाजुभाई सम्झेर सहयोग गरेका हौँ अरुण श्रेष्ठले भन्नुभयो , “आबश्यक परे अर्को चरणमा पनि सहयोग गर्न तयार छौँ ।”

उक्त समाग्रीहरु स्थानीय समाजसेवी बोम बहादुर क्षेत्री , प्रकाश परीयार र पत्रकार विक्रम पाण्डे र दिपक खनालको रोहबरमा हस्तान्तरण गरीएको हो ।

डिभर्ना विजय माविको क्वारेन्टाईनमा भारतका विभिन्न ठाउँबाट आउनेहरुको सङ्ख्या ५३ रहेको छ । जस मध्ये १० जना डिस्चार्ज हुनभएको छ । हाल क्वारेन्र्टानमा ४३ जना रहेको वडा अध्यक्ष धुर्वराज आचार्यले जानकारी दिनुभयो । उक्त क्वारेन्टाइनमा ३ जना महिला र ४० जना पुरुष रहनु भएको छ । डिभर्नामा केही दिन अगाडी मात्र गरीएको आरडिटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरुको स्वाव संकलन गरी सकिएको छ ।

उता ज्ञान प्रकाश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ४० जना रहेको वडा अध्यक्ष नारायण खड्काले जानकारी दिनुभयो । १४ दिन पुरा भएसङ्गै आरडिटी परीक्षण गरीने खड्काले जानकारी दिनुभयो । क्वारेन्र्टानमा भान्सा ब्यबस्थापन तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा अध्यक्षद्धय आचार्य र खड्काले धन्यवाद ब्यक्त गर्नु भएको छ । पछिल्लो समय क्वारेन्टाइनमा रहेकाहरुको सहयोग गर्नेहरुको समूह बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend