साझा नेटवर्क
दिपक खनाल, अर्घाखाँची जेष्ठ २७
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सोमबार बेलुका सन्धिखर्क नगरपालिका–७ चन्द्रप्रभा मा.वि.को क्वारेन्टाइनबाट कोरोना सक्रमित लिएर सन्धिखर्क–१ हटारीनेटाको आइसोलेसनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोलानेरी लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना कोरोना संक्रमित घाइते भएका छन् ।
घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend