logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली कांग्रेसद्वारा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिष पाठक, गुल्मी जेष्ठ २७।
नेपाली काग्रेस मुसिकोटले नगरपालिकाले गरेका कामप्रति असन्तुष्टि जाहेर गरेको छ । नगर कार्यसमितिले सोमबार आफ्नै पार्टीकार्यालय वामी टक्सारमा गरेको पत्रकार भेटघाट कार्यक्रममा कोरोना भाइरस विरुद्ध नगरपालिकाको लगावमाथी काग्रेसले प्रश्न उठाएको छ ।

क्वारेन्टाइन व्यवस्थीत नभएको, पिसिआर परिक्षण नभएको, अलपत्रमा परेका नागरिकलाई उद्धार नगरिएको भन्दै तत्काल सच्चिन नगरपालिकालाई आग्रह गरेको छ ।

नगरपालिका प्रमुखले क्वारेन्टाइन स्थलमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै काग्रेसले भ्रत्सना गर्ने जनाएको छ । राहत वितरणमा अनियमितता भएको भन्दै मुसिकोट काग्रेसले दोश्रो चरणको राहत वितरण गर्न आग्रह गरेको छ ।

सो पत्रकार भेटघाटमा नेपाली काग्रेसको तर्फवाट छायाँ सरकार प्रमुख झविलाल भण्डारी, नगर समिति सचिव मोहन घिमिरे, नगर समिति सभापति सुदर्शन शाक्य लगाएतले सरकारको कामको आलोचना गरेका छन्। ।

पत्रकारहरुको प्रश्नमा सहभागिहरुले नगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक पहल गर्न आग्रह गर्दै नेपाली काग्रेसले सहयोग गर्ने बताएका छन्। ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend