logo
  • मंगलबार, असोज १३ २०८३

क्यान्सरसंगै कोरोनाको पीडा, उपचारमै खटिएका स्वास्थ्यकर्मीले गरे रक्तदान


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २५ ।
कोरोनाका बिषयमा भ्रम धेरै छन् । जसका कारण भारतबाट आएकाहरुलाई गाउँका बिद्यालयमा व्यावस्थापनमा गर्न मुस्किल प¥यो । कैयन व्यक्तिहरु जीपले बोक्न नमानेका कारण सदरमुकामबाट ट्याक्टरमा गाउँ पुगे । बिरामीहरु एम्बुलेन्सले नबोकेका कारण थुप्रै व्यक्ति समस्या परे । सचेतनाभन्दा त्रास बढि भएकाले गाउँ समाजमा घर र टोल बाराबारको अवस्था छ ।

तर रेसुङ्गा नगरपालिका ९ को आइसोलेसनमा उपचार गराईरहेका कोरोना संक्रमित व्यक्तिलाई उपचारमै संलग्न स्वास्थ्यकर्मीले रगत दान गरेका छन् । धुर्कोट गाउँपालिकाका ३६ बर्षीय कोरोना संक्रमितलाई आइसोलेसनमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत प्रदान गरेकी हुन् । संक्रमित व्यक्ति दुई बर्षदेखि ठुलो आन्द्रामा क्यान्सरको समस्याले पीडित छन् ।

उनी भारतबाट आएका थिए । उनको कोरोना संक्रमणको पुष्टि भएपछि १४ दिनदेखि उपल्लो तम्घासको आइसोलेसनमा उपचार भइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए । उनलाई रक्तअल्पताको समस्या देखिएपछि आइतबार रगत दिइएको पच्याले जानकारी दिए ।

कोरोना लागेकै कारण आफ्नै आफन्त र समुदायको मान्छेलाई बहिस्कार गरिएका दुखद खबर सुनिएका छन् उनले भने,‘अहिलेको परिस्थीतिमा यो काम उपचारसंगै संक्रमित प्रतिको सद्भाव हो ।’ रक्तदान गरेकी स्वास्थ्यकर्मी छन्त्यालले आफुले स्वतस्फूर्त रुपमा रगत प्रदान गरेको बताइन् ।

छन्त्यालले बिपन्न व्यक्तिमा क्यान्सरसंगै कोरोना संक्रमणको पीडा र अहिले रक्तअल्पता देखिएकाले आफुले रगतदान गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । कोरोना संक्रमणको पुष्टि भएदेखि अहिलेसम्म आफुहरु उनकै स्वास्थ्य प्रति गम्भिर छत्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend