logo
  • मंगलबार, असोज १३ २०८३

सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाको RDT परिक्षण गर्दै दियो प्रमाणपत्र


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

दिपक खनाल, अर्घाखाँची  जेष्ठ २४ ।
सन्धिखर्क नगरपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षण गर्दै नेगेटिभ आएकोलाई प्रमाणपत्र दिएर घर पठाएको छ। भारतबाट फर्कनेको चाप थेगिसक्नु छैन, नगरपालिकाका कार्यकारी अधिकृत जीवन ज्ञवालीले भन्नू भयो, ‘१४ दिन क्वारेन्टाइन बसेकालाई आरडिटी गर्दै नेगेटिभ आएमा घर पठाइएको हो।

घर पठाउनुअघि परीक्षण गरी क्वारेन्टाइनमा बसेको प्रमाणपत्र वितरण गरिएको उनले बताए । भारतबाट दिनहुँजसो मानिसहरू आइरहेका छन् । नगरभित्र जम्मा १८ वटा क्वारेन्टाइन छ । उनले भने, ‘पिसिआर सम्भव नभएपछि आरडिटी जाँच गरिएको छ। पिसिआर नगरपालिकाले गर्न नसक्ने बताउँदै उनले गर्नै पर्ने देखिएमा स्वाब संकलन गरी प्रयोगशालामा पठाउने जानकारी दिए ।

हामीले आरडिटी परीक्षण गर्न सकिन्छ। पिसिआर गर्नै पर्ने भए स्वाब संकलन गरेर प्रयोगशाला पठाउने हो। पिसिआरको रिपोर्ट आउन २० दिनजति लाग्छ। १४ दिन क्वारेन्टाइन बसेका मानिसहरू थप २० दिन बस्न मान्दैनन्,’ ज्ञवालीले थपे।
कोरोना परीक्षण प्रमाणपत्र किन दिइयो भन्ने प्रश्नमा ? यसबारे कार्यकारी अधिकृत ज्ञवालीले क्वारेन्टाइनमा बसेका मानिस गाउँ फर्कंदा घृणा नहोस् भनेर परीक्षणको प्रमाणपत्र दिनुपरेको बताए।

‘क्वारेन्टाइनमै बसेका मानिस पनि आफ्नो गाउँ जाँदा घृणा गर्नेजस्तो वातावरण देखिएका छन्। त्यस्तो नहोस्, कम्तिमा क्वारेन्टाइन बसेको र आरडिटीमा नेगेटिभ आएको प्रमाणपत्र व्यक्तिको हातमा भए त्यो सुरक्षित हुन्छ भन्ने लागेर प्रमाणपत्र दिइएको हो। सामाजिक सञ्जालमा शुक्रबारदेखि ‘कोरोना परीक्षण प्रमाणपत्र’ भाइरल छ।

आफूहरूले दिएको प्रमाणपत्र सामाजिक सञ्जालमा भाइरल बनाइएकोप्रति लक्षित गर्दै उनले मनोरञ्जनका लागि नभई आवश्यकताका आधारमा ती प्रमाणपत्र जारी गर्नुपरेको बताए । गाउँमा लुकीछिपी पनि मानिसहरू भित्रिरहेका छन्।  को क्वारेन्टाइन बसेर आएको को क्वारेन्टाइन नबसेको भन्ने चिन्न सजिलो होस् भनेर पनि प्रमाणपत्र दिइएको हो ।’ उनले थपे।

गाउँ पुग्ने बाटोमा गौडा छेक्नेहरू र तगारो लगाउनेहरूले उक्त प्रमाणपत्र हेर्ने उनले बताए । आरडिटीमा नेगेटिभ देखिएका एक सय ७१ जनालाई शुक्रबार प्रमाणपत्रसहित घर पठाइएको छ। उनले भने, ‘आरडिटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखिएको छ। उनीहरूको स्वाब संकलन गरी पिसिआरका लागि प्रयोगशाला पठाउँछौं।’

आरडिटी नेगेटिभ आएपछि प्रमाणपत्र लिएर गाउँ फर्केकाहरू अबको एक साता होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।गाउँ गएर समुदायमा घुलमिल हुन पाइँदैन। एक साता घरमै कोठामा सुरक्षित बस्नू, लक्षण देखिए खबर गर्नू भनेका छौं ।

नगरपालिकामा भारतबाट आएका ६ सय २४ जना क्वारेन्टाइनमा राखिएको थियो । ‘क्वारेन्टाइन व्यवस्थापन गर्ने विषय पनि गाह्रो रहेछ। खाने, बस्नेलगायत सामान्य सुविधा दिन पनि हम्मेहम्मे परेको छ,’ उनले भने, ‘१४ दिन कटेकालाई आरडिटी गर्दै घर पठाउनुपरेको हो। उनले प्रमाणपत्र छपाइमा नगरपालिकाको धेरै खर्च पनि नलागेको बताए। ‘एउटा प्रमाणपत्र छाप्न २ रूपैंया लागेको होला।

नगरपालिकाकै प्रिन्टरले छापेको हो,’ उनले थपे, ‘सामाजिक सञ्जालमा कमेन्टहरू पढें, खर्च किन गरेको भन्ने प्रश्न पनि उठेका रहेछन्। धेरै खर्च भएको छैन। उनले प्रमाणपत्र भाइरल गर्नुअघि नगरपालिकासँग सत्यतथ्य बुझेको भए राम्रो हुन्थ्यो । वास्तविकता के हो भन्ने बुझ्नु पर्ने, प्रमाणपत्र भाइरल बनाउन हैन असल मनसायले दिएको हो भने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend