logo
  • मंगलबार, असोज १३ २०८३

बडिगाड गाउँपालिकामा पूर्व योजना तर्जुमा गोष्ठि सम्पन्न।


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ जेष्ठ २७

बडिगाड गाउँपालिकाको आयोजनामा पूर्व योजना तर्जुमा गोष्ठि ग्वालीचौरमा सम्पन्न भएको छ। गोष्ठिमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा राख्नुपर्ने विषयमा छलफल भएको थियो। कोरोना महामारि नियन्त्रणको लागि प्राथमिकता तोकी गाउँपालिकामा देखिने गरि काम गर्न र अघिल्ला वजेटको कार्यान्वयन र प्रभावको मुल्यांकन गरि नयाँ बजेट विनियोजन गर्न राजनैतिक दलहरुले आग्रह गरेका थिए। सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बडिगाड अध्यक्ष गुणानिधि घिमिरे, नेपाली काग्रेसका जिल्ला सदस्य सरस्वती आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, त्रिभुवन माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले बोल्नुभएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रशासकिय अधिकृत थम्मन रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend