logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मी मदानेका २३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २० ।
मदाने गाउँपालिकाका कोरोना संक्रमितका गाउँलेको पि.सि.आर्. रिपोर्ट नेगेटिभ आएको छ । मदाने गाउँपालिका ६ निवासी संक्रमित ३१ बर्षिया पुरुषको सम्पर्कमा आएका २३ जनाको पि.सि.आर्. रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

सोहि स्थानकै ४१ बर्षिया पुरुषमा जेठ ५ गते कोरोना पुष्टि भएपछि जेठ ६ गते जिल्ला स्वास्थ्य कार्यालयले उनको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरि पि.सि.आर्.को लागि पठाएको थियो । तर १० गते आएको रिपोर्टमा ३१ बर्षिया पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसको एक हप्तापछि अर्थात १६ गते ३१ बर्षिया पुरुषको पनि सम्पर्कमा आएका २३ जनाको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएको थियो । उक्त अवधिमा ३१ बर्षिया पुरुषसँग २५० भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्पर्कमा आएका थिए । तर नमुनाको रुपमा प्रत्यक्ष सम्पर्कमा आएका उनका आफन्त, सँगै घरमा बस्ने, बैंकका कर्मचारी लगायतको स्वाब लिइएको आचार्यले जानकारी दिए ।

जिल्लामा हालसम्म कुल ३५३ जनाको स्वाब संकलन गरिएको छ । जसमा चार जनाको रिपोर्ट पोजेटिभ र १८४ जनाको नेगेटिभ आएको छ । भने अझै १५७ जनाको रिपोर्ट आउन बाँकी रहेको आचार्यले जानकारी दिए । अहिलेसम्म ५४६ जनाको आर्.डि.टी. गरिएकोमा नौ जनाको पोजेटिभ र ५३७ जनाको नेगेटिभ आएको छ । त्यस्तै जिल्लामा पाचँ जना कोरोना संक्रमितमध्ये एकजना ३१ बर्षिया पुरुष १० दिनमा कोरोना जितेर घर फर्किएका छन् ।

संक्रमित धुर्कोट गाउँपालिका अध्यक्ष सेल्फ आइसोलेशनमा छन् । अर्का संक्रमित धुर्कोट गाउँपालिका ४ का ३६ बर्षिया पुरुषको तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ । तर मदाने गाउँपालिका ६ पुर्कोट दहका कोरोना संक्रमित ४१ बर्षिया पुरुषको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend