साझा नेटवर्क
कमल पौडेल,बागलुङ जेठ २० ।
बागलुङको वडिगाड गाउँपालिका वडा नं. १ मा ११ दिने सुत्केरिको हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ । post partum eclmpsia (पोष्ट पार्टम इक्ल्यमसिया) को कारण बेहोस भएकी २२ वर्षिय सरस्वती पोखरेललाइ घरबाटै उद्धार गरी पोखरा पठाएकोे बडिगाड गाउँपालिकाले जनाएको छ। पोखरेल ११ दिन अगाडि स्थानिय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन् । बच्चाको अवस्था सामान्य रहेको वडा नं. १ का अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभएको छ ।
राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय बागलुङ, सामाजिक विकास मन्त्रालय पोखरा तथा गृह मन्त्रालय काठमाडौं संगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभएको छ । पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता छ ।
फोटोः हेलिकप्टर मार्फतउद्धार हुँदै गरेको तस्वीर सौजन्यः जिवन पाण्डे
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend