logo
  • मंगलबार, असोज १३ २०८३

भारतबाट नेपाल आउँदै गर्दा बाटोमै मृत्यु, ५ दिनपछि कोरोना पोजेटिभ


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

बुटवल, जेठ १६।
भारतबाट नेपाल आउने क्रममा बाटोमै मृत्यु भएका युवामा कोरोनाभाइरस कोभिड– १९ पुष्टि भएको छ । यही जेठ १० गते मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रवार दिएका छन् ।

नेपाल प्रवेश गरेसँगै उनको स्याम्पल लिइएको थियो । मृत्यु भएको ५ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो । मृतक भारतको गुजरातबाट रोजगारी गरी नेपाल फर्किएका थिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीकाअनुसार मृतकको सम्पर्कमा आएका अन्य ९ जनाको पनि स्वाब परीक्षण गरिँदैछ ।

उनीहरूको रिपोर्ट आउन बाँकी छ । मृतकको शव अर्घाखाँची नै लगेर दाहसंस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend